समाज/संस्कृति
मिथिलाञ्चलसहित तराई मधेशमा आज अन्नकुट मनाइँदै
जनकपुर । मिथिलाञ्चल सहित तराई–मधेशमा आज अन्नकुट पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाइटिकाको एक दिन पहिला मनाइने अन्नकुट पर्वका लागि जनकपुरधामका मठ मन्दिरहरू बिहानैदेखि नै तयारीमा जुटेका छन् । यस पर्वमा न्यूनतम ५६ व्यञ्जन बनाएर भगवानलाई चढाउने गरिनुका साथै सम्पूर्ण श्रद्धालुहरुलाई पनि सोही बनेका परिकारहरु प्रसाद स्वरुप खुवाउने गरिन्छ ।
मर्यादा पुरुषोत्तम भगवान् श्रीरामले लङ्कामा विजय प्राप्त गरी फर्कनु भएको खुशीयालीमा अयोध्यावासीले भगवारन रामसहित अयोध्या आएका सम्पूर्ण अतिथीहरुलाई ५६ प्रकारका व्यञ्जन बनाएर दिएको जनविश्वास रहेको जनकपुरधामस्थित सीताकुण्डका महन्थ रामनरेश दासले जानकारी दिएका छन्।
उनका अनुसार सोही समयदेखि पायक पर्ने सम्पूर्ण मठ मन्दिर, कुट्टिहरुले यस परम्परालाई जिवन्त राखेको छ। ५ दशक पहिलासम्म जनकपुरधामका ५२ वटै मठमन्दिर र कुट्टिहरुमा अन्नकुट मनाइने भएपनि आजको दिनमा यो संख्या हातको औंलामा गन्न सकिने भएको महन्थ दासले बताए। जनकपुरधामका प्रमुख मठ मन्दिरहरू जानकी मन्दिर, राममन्दिर, विहार कुण्ड, अग्निकुण्ड तथा सीताकुण्डमा भने यो निरन्तर प्रत्येक वर्ष अन्नकुट मनाइदै आएको छ।
ताजा समाचार
सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदलीसँगै हल्का हिमपातको सम्भावना
काठमाडौँ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशा...
दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला
काठमाडौँ । आज तिहारको मुख्य दिन भाइटीका मनाइँदैछ । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको...
तिहारको मुख्य दिन आज भाइटीका : टीकाको उत्तम साइत बिहान ११ः३९ बजे
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछ...
शान्ति सैनिकको संख्या कटौती हुँदा पनि धैरै खटाउनेमा नेपाल नै पहिलो
काठमाडौँ । संयुक्त राष्ट्रसंघ युएनले बजेट अभावका कारण द्वन्द्वरत मुलुकमा स्थापना भएका मिसनमा परिचालित शान्ति सैनिकको स...
नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै
काठमाडौँ । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्र...
नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदै
काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः आत्म पूजा गरिँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल प...


