मङ्गलबार, ३० असार २०८३
नेपाली

समाज/संस्कृति

Main News Image

दुर्घटनाग्रस्त बुद्ध एयरका परिचारिकाले ढोका खोल्न नदिएको आरोप, के भन्छ एयरलाइन्स ?

काठमाडौँ । बुद्ध एयरले झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त विमानको ढोका ‘विमान परिचारिकाले खोल्न नदिएको’ समाचारप्रति प्रष्टीकरण दिएको छ । विमान कम्पनीले उक्त समाचारप्रति आपत्ति जनाउँदै शुक्रबारको घटनाको वास्तविकता दाबीसहित प्रष्टीकरण दिएको हो । विमानको ढोका खोल्न परिचारिकाको प्रयासबारे पनि बुद्ध एयरले जानकारी दिएको छ । ‘विमान परिचारिकाले सुरक्षा प्रोटोकल पालना गर्दै दायाँपट्टिको ढोकाका लक खोलेका थिए,’ बुद्धले भनेको छ, ‘तर, ‘जाम’ भई नखुलेपछि उनी तत्काल यात्रुहरूलाई पछाडिको ‘सर्भिस ढोका’बाट सुरक्षित बाहिर निकाल्न अग्रसर भएका थिए ।’

विमान रनवेबाट बाहिर गएपछि बायाँपट्टि खाल्डो र पानी देखिएकाले सुरक्षाका कारण ढोका खोल्न जोखिमपूर्ण रहेको बुद्ध एयरको भनाइ छ ।

सोही समयमा विमानमा सवार यात्रु उमेश मोक्तानले अगाडिपट्टिको दायाँ ढोका खोल्न र अन्य यात्रुहरूलाई तत्काल बाहिर निकाल्न महत्वपूर्ण सहयोग पु¥याएको बुद्ध एयरले जनाएको छ ।

‘संकटको घडीमा देखाउनुभएको साहस र सहयोगका लागि हामी यात्रु उमेश मोक्तानप्रति हार्दिक आभार प्रकट गर्दछौं,’ विमान कम्पनीले भनेको छ, ‘बुद्ध एयर उहाँको यस कार्यको कदर गर्दै उचित पुरस्कारद्वारा सम्मानित गर्ने घोषणा समेत गर्दछ ।’

साँखुस्थित शालीनदीमा स्वस्थानी व्रत कथा तथा माधवनारायणको मेला सुरू

काठमाण्डौँ । आजदेखि स्वस्थानी व्रत कथा तथा माधवनारायणको मेला सुरू भएको छ । हरेक वर्ष काठमाडौंको साँखुस्थित शालीनदीमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक...

सरकारसँग छ बुँदे सहमतिपछि टुट्यो डा. निकोलस र हरिशको अनशन

काठमाडौँ । सरकारले डा निकोलस भुसाल र हरिश विष्टसँग छ बुँदे सम्झौता गरेसँगै उनीहरूको ११ औँ दिनको अनशन अन्त्य भएको छ । शुक्रबार सरकारका तर्फबाट प्रधा...

बिहानै हल्लायो पूर्व, ताप्लेजुङ र पाँचथरको सीमामा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । ताप्लेजुङ र पाँचथरको सीमामा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६ः१३ म...

एक महिने स्वस्थानी व्रत र माघ स्नान आजदेखि शुरू

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भए...

बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात यात्रु सामान्य घाइते

काठमाण्डौँ । झापा भद्रपुर विमानस्थलमा शुक्रवार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठ...

अनसनरत डा निकोलससँग वार्ता गर्न वार्ता टोली गठन

काठमाडौँ । सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली गठन गरेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी घटनाका दोषीमाथि कारबाही गर्नुपर्ने, संविध...