मङ्गलबार, ३० असार २०८३
नेपाली

समाज/संस्कृति

Main News Image

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौँ ।  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागिएको हो ।

विसं २०५१ पुस ११ गते सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनलाई स्मरण गर्दै नेपालमा हरेक वर्ष यो दिवस मनाइन्छ। यो दिवसले ज्येष्ठ नागरिकप्रतिको हाम्रो सामूहिक दायित्व, जिम्मेवारी, कर्तव्य, सम्मान र आदरभावलाई पुनः स्मरण गराउँछ। जीवनको लामो यात्रामा उनीहरूले गरेका त्याग, सेवा र योगदान हाम्रो समाजको अमूल्य सम्पत्ति हो ।

नेपालको संविधान तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गरेको छ । स्वास्थ्य सेवा, सम्मानजनक जीवन र सहयोग प्राप्त गर्ने अधिकार संविधानले प्रत्याभूत गरेको छ, जसले उहाँहरूको गरिमामय जीवनलाई बलियो आधार प्रदान गर्दछ ।


रौतहटमा शीतलहर : विपन्न बस्तीको जनजीवन कष्टकर

रौतहट । गत केही दिनदेखि चलेको शीतलहर र अत्यधिक चिसोका कारण रौतहटको जनजीवन निकै कष्टकर बनेको छ । बाक्लो हुस्सुसँगै बहने चिसो हावाका कारण सर्वसाधारणक...

नागरिकता देखाउनुहोस्, नुन लिएर जानुहोस्

बाजुरा । बाजुराको गौमुल गाउँपालिकाले पालिकाभित्रका नागरिकहरूको सहजताका लागि आज बिहीबारदेखि आयोडिनयुक्त भानु नुन वितरण सुरु गरेको छ। स्थानीयलाई दैनि...

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ । हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नि...

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना गर्न सुरु गरिएको छ। निकुञ्जभित्र क्यामरा जडान गरेर माघ गणना थालिएको वन तथा वातावरण...

आज देशभर सार्वजनिक बिदा

काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको २०२५औँ जन्मोत्सवको अवसरमा आज नेपालसहित विश्वभर क्रिसमस डे मनाइँदैछ । नेपाल सरकारले यस विशेष अव...

त्रिविको ५१ औं दीक्षान्त समारोह आज

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि ब...