मङ्गलबार, ३० असार २०८३
नेपाली

समाज/संस्कृति

Main News Image

तराईमा हुस्सु–कुहिरो जारी, उपत्यकामा तुवालो र प्रदूषण

काठमाण्डौँ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आज बिहानदेखि हुस्सु लागेको छ भने दिउँसो र रातिसम्म तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो कायम रहने अनुमान गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली र अन्यत्र मौसम सफा रहनेछ।

काठमाडौं उपत्यकामा तुवालो र प्रदूषणका कारण मौसम खराब बनेको छ । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरिएको छ। हुस्सु–कुहिरोका कारण तराई क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।

काठमाडौँमा लगातार चिसो बढ्दो, न्यूनतम तापक्रम थप घट्यो !

काठमाण्डौँ । काठमाडौँ उपत्यकामा लगातार न्यूनतम तापक्रम घटेको छ भने चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिह...

इजरायलसँगको श्रम सम्झौता स्वीकृत

काठमाडौँ । सरकारले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेक...

चिसो बढेसँगै तराईका अस्पतालमा टाउको दुखाइका बिरामी बढे

काठमाडौँ । तराई क्षेत्रमा चिसोको लहर बढेसँगै टाउको दुखाइको समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । चिकित्सकहरूका अनुसा...

मकवानपुरमा टाटा सुमो दुर्घटना: ६ मृतक, चारको सनाखत

काठमाण्डौँ । मकवानपुरको भीमफेदी–६ जुरीखेतमा आइतबार साँझ टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मृतकमध्ये दुई नेपाली र दुई भारतीय नागरिकको...

बेलायतमा वर्क परमिट ठगी बढ्दै, नेपाली दूतावासको सचेतना

काठमाण्डौँ ।  बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा नेपालीहरू ठगीमा परेका गुनासो बढेपछि लण्डनस्थित नेपाली दूता...

धनुषा घटनाको विरोधमा वीरगञ्जमा तनाव, प्रहरीद्वारा अश्रु ग्यास प्रहार

वीरगन्ज । धनुषाको धन्कवलमा रहेको एक मस्जिदमा अज्ञात व्यक्तिहरूले गरेको तोडफोडको विरोधमा पर्साको वीरगन्जमा मुस्लिम समुदायले उग्र प्रदर्शन गरेका छन्...