बिहिबार, ०७ जेठ २०८३
नेपाली

आर्थिक खबर

Main News Image

पुनर्निर्माण कोषमा ६ करोड १० लाख संकलन

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा हालसम्म ६ करोड १० लाख रुपैयाँ संकलन भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार आइतबारसम्म कोषमा ६ करोड १० लाख रुपैयाँ जम्मा भइसकेको छ। सरकारले प्रदर्शनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि उक्त कोष स्थापना गरेको हो ।

सरकारले सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली, विकास साझेदार, विभिन्न संघ संस्था तथा दातृ निकायलाई कोषमा योगदान गर्न आग्रह गरेको छ । साथै कोषमा दिइने आर्थिक सहयोग रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणनामा कट्टी गर्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ । पुनर्निर्माण कोषका लागि राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखामा खाता खोलिएको छ । कोषमा योगदान गर्ने व्यक्तिहरूको विवरण चाँडै सार्वजनिक गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ ।

६ निर्माण व्यवसायीसँगको ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय साँफेबगर, अछामले जिम्मा लिए...

डेडिकेटेड ट्रंक लाइन बक्यौता विवादः प्राधिकरणले दिएको समय आज सकिँदै

काठमाडौँ । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम बुझाउन नेपाल विद्युत प्राधिकरणले दिएको पछिल्लो समय आज सकिँदै छ। उद्योग...

पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

काठमाडौँ । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहार...

कार्तिकदेखि भारतबाट विद्युत् आपूर्ति सुनिश्चित गर्ने तयारी

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आगामी कार्तिकदेखि भारतबाट विद्युत् आपूर्ति सुनिश्चित गर्ने तयारी पूरा गरेको जनाएक...

देशभर ५५ प्रतिशत कृषक परिवार खाद्य जोखिममा

काठमाडौँ । नेपालमा किसान परिवारको सङ्ख्या करिब ४१ लाख ३० हजार रहेकोमध्ये वर्षैभरि खान नपुग्ने कृषक परिवारको सङ्ख्या कर...

तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बै...