आर्थिक खबर
नेप्सेमा २१.७८ अंकको गिरावट, ३ अर्ब ७९ करोडको कारोबार
काठमाडौँ । साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २१.७८ अंकले घटेर २५४३.३७ को विन्दुमा झरेको छ । नेप्सेमा यसदिन ३२१ कम्पनीको ८३ लाख २२ हजार ३३८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड माथिको सेयर कारोबार भएको छ । आज ४५ कम्पनीको सेयर मूल्य बढ्दा २०४ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ३८ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा राधी विद्युतको २२ करोड १० लाख रुपैयाँ र तेस्रोमा सहास उर्जाको १३ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन सागर डिष्टिलरीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, बुंगल हाइड्रोपावर र बन्दीपुर केवलकारका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । दरमखोला हाइड्रो इनर्जीका लगानीकर्ताले आज सर्वाधिक ८.७२ प्रतिशतका दरले गुमाएका छन् ।
ताजा समाचार
बेमौसमी वर्षाका कारण धान उत्पादनमा ३ लाख मेट्रिक टनले कमी आउने
काठमाडौँ। यसवर्ष आएको वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिले धानको उत्पादनमा पाँच प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको छ । वर्षाका कारण देशभर कृषि...
बुधबार कस्तो छ विदेशी मुद्राको विनिमयदर ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी...
मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ। उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार अबेर...
सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डल...
नेप्सेमा ३०.०२ अंकको गिरावट, ४ अर्ब ९० करोडको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३०।०२ अंकले घटेर २५६६.०९ को विन्दुमा झरेको छ । नेप्सेमा यसदिन ३२३ कम्पनीको १ करोड ६ ला...
एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले...


