बिहिबार, ०७ जेठ २०८३
नेपाली

आर्थिक खबर

Main News Image

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेलाई कारबाही गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले उद्यमी, व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ुट्रबलसुटरु को काम गरिरहेको बताएका छन् । नेपाल विद्युतीय व्यवसायी महासंघको १६औँ वार्षिक साधारणसभा तथा छैटौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रामचन्द्र ढकालले उद्यमी तथा व्यवसायीका समस्या समाधानका लागि निरन्तर सक्रिय रहेको बताएका हुन् ।

अध्यक्ष ढकालका अनुसार उद्योग क्षेत्रका श्रमसम्बन्धी चुनौतीदेखि लिएर डेडिकेटेड तथा ट्रंकलाइनसम्बन्धी विवादसम्मका विषयमा महासंघले निरन्तर पहल गर्दै आएको छ । लगानीमैत्री वातावरण बनाउन कानुन संशोधन, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिस तथा कालोबजारी ऐन संशोधन जस्ता मुद्दामा समेत महासंघले सरकारसँग निरन्तर संवाद र सहकार्य गर्दै आएको उनले बताए ।

लामो समयदेखि अल्झिएको डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधानका लागि आफूले प्रधानमन्त्री सुशीला कार्की र ऊर्जामन्त्री कुलमान घिसिङसँग गरेको आग्रहलाई सरकारले गम्भीरतापूर्वक लिएर पहल थालेको उल्लेख गर्दै अध्यक्ष ढकालले सरकारप्रति आभार व्यक्त गरे।

उनले देशमा उत्पादन वृद्धि र रोजगारी सृजनाका लागि ठूलो मात्रामा स्वदेशी तथा विदेशी पुँजी आवश्यक रहेको उल्लेख गर्दै साना लगानीका स्रोतहरू सङ्कलन गरी ठूला तथा बहु आयामिक परियोजनामा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए । यस उद्देश्यसहित महासंघको नेतृत्वमा अन्य निजी क्षेत्रका संघसंस्था तथा उनीहरूका सदस्यहरूको सहभागितामा १० अर्ब रुपैयाँ पुँजीसहित नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरिएको जानकारी दिए।

शनिबार विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकअनुसार अमेरिकी डलर ए...

नेशनल लाइफले पहिलो त्रैमासमा कमायो १४ करोड ८ लाख रुपैयाँ नाफा, बीमाकोष खर्ब नजिक

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड ८ लाख रुपैयाँ खुद नाफा...

सोलु हाइड्रोपावरले मंसिर ७ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले आउँदो मंसिर ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि पहिलो चरणको आईप...

सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका...

नेपाल-भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन, सबै किसिमका कार्गो ढुवानी गर्न सकि...

काठमाडौँ । नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब सबै किसिमका कार्गो सामान कोलकाता र विशाखापटनम्,...

शुक्रबार विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डल...