शुक्रबार, ०८ जेठ २०८३
नेपाली

आर्थिक खबर

Main News Image

हिमाली हाईड्रो फण्डले बोलायो साधारणसभा, आईपीओ प्रस्ताव पारित गर्ने

काठमाडौँ । हिमाली हाईड्रो फण्ड लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न चौथो साधारणसभा आह्वान गरेको छ । कम्पनीको उक्त सभा फागुन २४ गते काठमाडौंमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

उक्त सभामा कम्पनीको जारी पूँजीको २० प्रतिशत आईपीओ निष्कासन गर्ने, आईपीओसँग सम्बन्धित कार्य अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र आईपीओबाट प्राप्त रकमको उपयोगको बारेमा निर्णय गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने र गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु सार्वजनिक गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।

राष्ट्र बैङ्क ऐन २०५८ को दसौँ संशोधन हुँदै

काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैङ्कसम्बन्धी विद्यमान कानुनी संरचनामा परिमार्जनको प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले नेपाल राष्ट्र बैङ...

नेपाल राष्ट्र बैंक ऐन संशोधन गर्ने तयारी

काठमाडौँ । नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गरिने भएको छ । नेपाल राष्ट्र बैंक ऐनलाई समयानुकूल संशोधन तथा अद्यावधिक गर्ने उद्देश्यले सरकारले ‘न...

जापानी येनको मुल्य घट्यो, हेर्नुस् विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । जापानी येनको मुल्यमा केही गिरावट आएको छ । येनको मुल्य १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसामा पुगेको हो ।

...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति ?

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ। नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो । निगम...

पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा-मलेखु खण्ड कालोपत्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा मलेखु खण्ड कालोपत्र भएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर का...

तम्घास-बुर्तिबाङ १३२ केभी प्रसारण लाइनको परीक्षण सुरु

काठमाण्डौँ । नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण भएको १३२ केभी डबल सर्किट...