शुक्रबार, ०८ जेठ २०८३
नेपाली

आर्थिक खबर

Main News Image

शुक्रबारको विनिमयदर : कुवेती दिनार सबैभन्दा महँगो, कुन मुद्राको मूल्य कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज फागुन ८ गते शुक्रबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ । बैंकले तोकेको नयाँ दरअनुसार आज अमेरिकी डलरको भाउमा वृद्धि भई एक डलरको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा कायम भएको छ ।

युरोपियन र बेलायती मुद्राको मूल्य पनि उच्च देखिएको छ । आज युरोपियन युरो एकको खरिद १७० रुपैयाँ ५७ पैसा र बिक्री १७१ रुपैयाँ २८ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिद १९५ रुपैयाँ ०८ पैसा र बिक्री १९५ रुपैयाँ ८९ पैसा पुगेको छ। यस्तै, स्वीस फ्रयाङ्कको खरिददर १८७ रुपैयाँ ०४ पैसा र बिक्री १८७ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

अन्य विकसित मुलुकका मुद्राहरूमा अष्ट्रेलियन डलर एकको खरिद १०२ रुपैयाँ ०८ पैसा र बिक्री १०२ रुपैयाँ ५० पैसा, क्यानेडियन डलरको खरिद १०५ रुपैयाँ ७८ पैसा र बिक्री १०६ रुपैयाँ २१ पैसा तथा सिङ्गापुर डलरको खरिद ११४ रुपैयाँ २० पैसा र बिक्री ११४ रुपैयाँ ६८ पैसा तोकिएको छ । यता जापानी येन १० को खरिद ९ रुपैयाँ ३६ पैसा हुँदा चिनियाँ युआन एकको खरिद २० रुपैयाँ ९६ पैसा र बिक्री २१ रुपैयाँ ०४ पैसा रहेको छ ।

खाडी मुलुकतर्फ साउदी रियाल एकको खरिद ३८ रुपैयाँ ६० पैसा र बिक्री ३८ रुपैयाँ ७६ पैसा, कतारी रियालको खरिद ३९ रुपैयाँ ७२ पैसा र बिक्री ३९ रुपैयाँ ८९ पैसा तथा युएई दिरामको खरिद ३९ रुपैयाँ ४२ पैसा र बिक्री ३९ रुपैयाँ ५८ पैसा कायम भएको छ। मलेसियन रिङ्गेट एकको खरिद ३७ रुपैयाँ ०४ पैसा र बिक्री ३७ रुपैयाँ २० पैसा तोकिएको छ भने कुवेती दिनारको विनिमयदर सबैभन्दा उच्च रहँदै खरिद ४७३ रुपैयाँ ९९ पैसा र बिक्री ४७५ रुपैयाँ ९५ पैसा कायम भएको छ ।


भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसामा स्थिर छ । राष्ट्र बैंकले यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने र वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक हुन सक्ने स्पष्ट पारेको छ ।

बुढानीलकण्ठदेखि गोदावरीसम्म साइकल लेन बनाउने मेयर्स फोरमको निर्णय

काठमाण्डौँ । काठमाडौँ उपत्यका मेयर्स फोरमले बुढानीलकण्ठदेखि गोदावरीसम्म साइकल लेन बनाउने निर्णय गरेको छ । उपत्यकालाई स्मार्ट सिटी बनाउन अन्तरपालिका...

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुस...

बिहीबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ४७...

यी १५ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी

काठमाण्डौा । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ ।&n...

सुनचाँदीकै मूल्यमा गिरावट, फेरि लगातार घट्न थाल्यो सुनको भाउ

काठमाण्डौँ । आज सुनचाँदीकै मूल्य घटेको छ। प्रतितोला १५ सय रुपैयाँ घटेर सुनको भाउ आज तीन लाख चारसयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...

अण्डाको मूल्य क्रेटमै ५० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौँ । अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो । आजदेखि ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौलाको ३७...