आर्थिक खबर
विद्यार्थीबाट गैरकानुनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी केही संस्थागत विद्यालयहरूले प्रचलित कानुन तथा सम्मानित सर्वोच्च अदालतको आदेशविपरीत हुनेगरी शैक्षिक सत्र २०८३ प्रारम्भ हुनुपूर्व नै विद्यार्थी भर्ना गर्ने र स्वीकृत मापदण्डभन्दा बढी शुल्क असुली गर्ने गरेको गुनासो आएकाले उक्त रकम फिर्ता गर्न निर्देशन दिएको हो ।
मन्त्रालयले भनेको छ, “कारबाही प्रक्रियाका सम्बन्धमा यस मन्त्रालयको मिति २०८२१२,२२ गतेको प्रेस विज्ञप्तिमार्फत सम्बन्धित सबैलाई र मूलतः सबै स्थानीय तहहरूलाई अनुरोध गरिसकिएको छ, तथापि केही संस्थागत विद्यालयबाट अझै पनि कानुनविपरीत शुल्क लिने कार्य निरन्तर रहेको गुनासो आएको सन्दर्भमा शिक्षा ऐन संशोधनसहित, २०२८ को दफा १६ घ ६ बमोजिम गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देश गरिन्छ ।”
मन्त्रालयले कुनै पनि विद्यालयले यो निर्देशनभन्दा अन्यथा गरेको पाइएमा सोही ऐनको दफा १६ घ ७ को प्रावधान तथा अन्य प्रचलित कानुनबमोजिम थप कारबाही प्रक्रिया अगाडि बढाउन पर्ने अवस्थामा गृह मन्त्रालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरू र स्थानीय तहहरूबाट आवश्यक समन्वयका लागि पनि अनुरोध गरेको छ ।
ताजा समाचार
नाइमाको सरकारसँग आग्रह—अटोमोबाइल क्षेत्रलाई ‘विलासिता’ होइन ‘आवश्यकता’को मान्यता...
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाका अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्र...
कानुनविपरीत लिइएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका संस्थागत विद्यालयहरूद्वारा गैरकानुनी रूपमा लिइएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न निर्दे...
पुँजी बजार ४५ अकंले बढ्योः बैंक तथा वित्तीय क्षेत्रमा चमक !
काठमाडौँ । शेयर बजारमा लगातार उतार–चढाव जारी रहेको छ । मंगलबार बजार झिनो अंकले घटेपनि बुधबार सुधार देखिएको छ । आज बढेपनि हालको उतार चढाब विशेष गरी...
साउनदेखि २४ घण्टामै सवारी लाइसेन्स पाइने
काठमाडौँ । सरकारले साउन महिनादेखि ट्रायल पास गरेको २४ घण्टाभित्रै सवारी चालक अनुमतिपत्र लाइसेन्स उपलब्ध गराउने व्यवस्था लागू गर्ने तयारी गरेको छ ।...
सार्वजनिक यातायातको भाडा बढ्यो
काठमाडौँ । सार्वजनिक यातायातको भाडा बढेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको मन्त्रीस्तरीय निर्णयपछि यातायात व्यवस्था विभागले भ...
सोपान फर्मास्यूटिकल्सको आईपीओ निष्कासन मिति परिवर्तन, अब कहिलेदेखि खुल्छ ?
काठमाडौँ । सोपान फर्मास्यूटिकल्सले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको आईपीओको निष्काशन मिति परिवर्तन भएको छ । २०८३ बैशाख २ गतेदेखि ६ गतेसम्म नि...


