आर्थिक खबर
सडकपेटीमा व्यापार नगर्न निर्देशन
काठमाडौँ । उदयपुरको सदरमुकाम गाईघाट बजारका मुख्य सडकपेटीहरुमा व्यापार व्यवसाय नगर्न त्रियुगा नगरपालिकाले आग्रह गरेको छ । यसका लागि नगरपालिकाले २२५ फुटपाथ व्यापारी तथा व्यवसायीलाई सचेतना प्रशिक्षण समेत सञ्चालन गरेको प्रमुख बसन्त बस्नेतले जानकारी दिए ।
त्रियुगा नगरपालिका नगर प्रहरी प्रमुख सोबित बोटले गाईघाट बजारको मुख्य सडकमा व्यापार व्यवसाय सञ्चालन गर्दा आवागमनमा अवरोध भएको बताए । उनले भने,“बजार क्षेत्रका सडकपेटीहरुमा लामो समयदेखि फुटपाथ व्यापारीहरुले पेटी कब्जा गर्ने र अवरोध गरी व्यापार–व्यवसाय गर्दै आएकाले पटक पटक यसो नगर्न भन्दा पनि अटेरी गरेपछि बल प्रयोग गर्नभन्दा पहिला राम्ररी सम्झाई–बुझाई गर्न र उनीहरुलाई सचेतना जगाउन प्रशिक्षण कार्यक्रम नै सञ्चालन गरेका हौँ ।”
नगर प्रमुख फुटपाथ व्यापार–व्यवसाय गर्न वैकल्पिक रुपमा नगरपालिकाले बजारका सडक छेउछाउकै अन्य जग्गाहरु उपलब्ध गराउने र केही व्यापारीहरुका लागि उपलब्ध गराउँदै आएको नगर प्रमुख बस्नेत बताए । बजारको मुख्य सडकपेटीमा कपडा, खुद्रा व्यापारदेखि मकै पोलेर बिक्री गर्ने माछा, फलफूलहरु बिक्री गर्ने, जुत्ताचप्पल सहितका व्यापारहरु सडकपेटी कब्जा गरेर पसल सञ्चालन गर्ने गरेको कारण सडकपेटीमा हिँड्नेहरुले सास्ती भोग्नु परेको नगरपालिकाले जनाएको छ ।
ताजा समाचार
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निष्कासन गर्ने
काठमाडौँ । चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक शेयर आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीको आज सम्पन्न पहि...
सुनचाँदीको मूल्यमा गिरावट, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार...
विद्युत पोल नहट्दा पोखरा-मुग्लिन सडक विस्तार प्रभावित
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत् लाइनका पोल नहट्दा पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत पोखरा खण्डको निर्...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितो...
अब नागढुंगा सुरुङमार्ग सञ्चालन हुने
काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको संघारमा पुगेको छ । धादिङ र काठमाडौंबीचको यात्रा सहज र छिटो बनाउने लक्ष्यसहित निर्माण गरिएको यो...
निर्माण क्षेत्रमा आपत्काल घोषणा गर्न माग
काठमाडौँ । निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा आपत्काल घोषणा गर्न माग गरेको छ । परिषद्ले जारी गरेको विज्ञप्तिमा, निर्माण सामग्रीको मूल्य अत्य...


