कला/साहित्य
प्रज्ञा-प्रतिष्ठानमा पुरानादेखि नयाँ सम्मका पुस्तक प्रदर्शनी
मिडियाबाजी काठमाडौँ ।२०८२ पुस १४ गते आइतबार ।"सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा-प्रतिष्ठान"भन्ने उद्घोषसहित नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनीको समुद्घाटन रातो रिबन काटेर गर्नुभएको थियोे। उक्त पुस्तक प्रदर्शनी २०८२ पुस ११ गतेदेखि पुस २६ गतेसम्म रहने छ।
उक्त प्रदर्शनीबाट पुस्तक खरिद गर्ने व्यक्ति वा संस्थाका लागि १५ देखि ४० % सम्म रकम छुट दिइएको छ । प्रदर्शनीमा अमरकाेश,नेपाली साहित्यकाेश,काैटिल्यकाे अर्थशास्त्र ,जाँ ज्याक रुसको कन्फेसन्स, ईषादि नोैं उपनिषद्, ग्रिक महाकवि हाेमरको ओडिसी, हरेराम जाेशीकाे प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङकाे एरिस्टाेटल र उनका काव्य शास्त्र 'पेरी पाेइएटिकेस' लगायतका पुस्तकहरू प्रदर्शनीमा राखिएको छ। यस प्रदर्शनीमा पुरानादेखि नयाँसम्म नेपाली भाषा, साहित्य ,संस्कृति, कला ,इतिहास, दर्शनशास्त्र र समाजशास्त्र लगायतका महत्त्वपूर्ण पुस्तकहरू राखिएको छ। प्रज्ञा-प्रतिष्ठानका पुस्तकहरू पाठकसामू पुर्याएर पठन संस्कृतिलाई विस्तार गर्न उक्त प्रदर्शनीले सहयोग पुर्याउने छ।प्रदर्शनीमा अनुसन्धानात्मक,संस्कार र संस्कृति तथा विभिन्न भाषाका काेशहरू समेत राखिएका छन्।
ताजा समाचार
गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक
उपन्यासकार डा. धर्मराज सापकोटा ‘राजु’ को ‘बाहेक’ लोकार्पण
काठमाडौँ । उपन्यासकार डा. धर्मराज सापकोटा ‘राजु’ को ‘बाहेक’ उपन्यास लोकार्पण भएको छ । शिखा बुक्स बाघबजार काठमाडौंको आयोजना तथा श्यामलको प्रमुख आतिथ...
जनमत सम्मानद्वारा प्रतिभा सम्मानित : जेनजी विद्रोहद्वारा पुरानो संस्कृतिको विनिर...
चेतनाथ धमला
मिडियाबाजी डटकम काठमाडौँ,पौष १ । जनमत वाङ्मय प्रतिष्ठान नेपालले आफ्नो वार्षिकोत्स...
राहुलको नयाँ अध्याय लोकार्पण
©निशेष आङ्देम्बे
गजलकार राहु...
डाक्टर,इन्जिनियर र प्रहरीलाई चिनेझैँ लेखकलाई पनि चिन्नु अनिवार्य छ :-कुलपति राई
© प्राज्ञ चेतनाथ धमला
मिडियाबाजी डटकम...
हङकङको किनाराबाट गोधूलिको किनारा
© राजकुमार राई हङकङ
मिडियाबाजी डटकम काठमाडौँ, मंसिर १०। हङकङको किनाराबाट धेरै कविताहरू ल...


