कला/साहित्य
नेपाल साहित्यिक पत्रकार सङ्घको २०औँ वार्षिकोत्सवमा संस्थापक अध्यक्ष सिलवाल,राई र सुमीलाई सम्मान समर्पण !
काठमाडौँ । नेपाल साहित्यिक पत्रकार सङ्घ केन्द्रीय समितिले आफ्नो २०ओैँ वार्षिकोत्सव राष्ट्रिय साहित्यिक पत्रकारिता दिवस,राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान तथा अन्तरक्रिया नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा आयोजना गरी सम्पन्न गरेको छ । प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ साहित्यकार डा तुलसीप्रसाद भट्टराई र सङ्घका अध्यक्ष मोहन दुवालले पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्नुभएको हो ।
प्रमुख अतिथि भट्टराईले सङ्घका संस्थापक अध्यक्ष नकुल सिलवाललाई मरोणोपरान्त राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान २०८३द्वारा सम्मानित गर्नुभयो । कार्यक्रममा कीर्तिशेष श्रीमान् नकुल सिलवाल प्रति समर्पित कविता वाचनसहित उक्त सम्मान जीवनसङ्गीनी सुनिता सिलवालले ग्रहण गर्नुभयो।२०१९ सालमा सिन्धुपाल्चोकमा जन्मिएका सिलवाल २०७३ सालमा कीर्तिशेष हुनुभएको हो । नेपाली साहित्यिक पत्रकारितामा सिलवालद्वारा सम्पादित बगर रनदी उत्कृष्ट साहित्यिक पत्रिकाका रूपमा परिचित छन् । नेपाल साहित्यिक पत्रकार सङ्घका संस्थापक अध्यक्ष सिलवाल साहित्य गुठीको संयोजक र बगर फाउन्डेसनको अध्यक्ष समेत हुनुभयो।दर्जन साहित्यिक कृतिका सर्जक सिलवालले विभिन्न पुरस्कार र सम्मानसमेत स्थापना गर्नुभएको हो।
नेपाल साहित्यिक पत्रकार सङ्घ नुवाकोट शाखाका संस्थापक अध्यक्ष तथा सङ्गम साहित्यिक पत्रिकाका सम्पादक सुमित्रा सुमीलाई राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान २०८३, र मातृभाषा साहित्यिक पत्रकारिताका अभियन्ता तथा बान्तावा राईभाषाको साहित्यिक पत्रिका बुङ्वाखाका सम्पादक पदमकुमार राईलाई राष्ट्रिय मातृभाषा साहित्यिक पत्रकारिता सम्मान २०८३ प्रमुख अतिथि भट्टराईले समर्पण गर्नुभयो। साथै,सङ्घका अध्यक्ष मोहन दुवालले सम्मानित साहित्यिक पत्रकारलाई दोसल्ला ओढाएर सम्मान प्रकट गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले साहित्यिक पत्रपत्रिकाको इतिहासलाई जीवन्त राख्दै प्रविधिमैत्री इसाहित्यिक पत्रकारिताको प्रभावसँगै अघि बढ्न जोड दिनुभयो। विशिष्ट अतिथि ,समालोचक तथा अनुसन्धाता कृष्ण प्रधानले छापा साहित्यिक पत्रकारिताको इतिहास,महत्त्व र आरोहअवरोहबारे मनतव्य प्रस्तुत गर्नुभयो । त्यस्तै , इसाहित्यिक पत्रकारिताको इतिहास ,वर्तमान आवश्यकता र ओैचित्यबारे साहित्य पोस्टका सम्पादक अश्विनी कोइरालाले प्रष्ट पार्नुभयो । सम्मानित व्यक्तित्वहरू सिलवालका बारेमा सङ्घका उपमहासचिव नवराज रिजाल,सुमित्रा सुमीका बारेमा सङ्घका कोषाध्यक्ष सूर्यप्रसाद लाकोजू र पदमकुमार राईका बारेमा सङ्घका सचिवालय सदस्य गणेश राईले उजागर गर्नुभयो।
सङ्घका अध्यक्ष मोहन दुवालले छापा र इ(साहित्यिक पत्रकारितालाई समेटेको बताउँदै आगामी दिनमा झन् प्रभावकारी योजनाका साथ अघि बढ्ने बताउनुभयो । यसैगरी,सङ्घका उपाध्यक्ष रामप्रसाद पन्तले स्वागत मनतव्य ,केन्द्रीय सदस्य यादव भट्टराई र पूर्व उपसचिव केदारकुमार सिलवालले आआफ्नो मनतव्य राख्नुभयो । यसैगरी केन्द्रीय सदस्य अध्यापक डा।शैलेन्दुप्रकाश नेपालले धन्यवाद ज्ञापन गर्नुका साथै कार्यक्रमको उद्घोषण महासचिव चेतनाथ धमलाले गर्नुभयो।
ताजा समाचार
स्रष्टा छुकांको ‘ताथली, भूगोलदेखि लोकसंस्कृतिसम्म’ लोकार्पण
काठमाण्डौँ । इतिहास विगतको दर्पण मात्र होइन, समाजको साझा स्मृति पनि हो। यसका साथै संस्कृति परम्पराभन्दा बढी पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको जीवनप...
‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ राईलाई प्रदान गरिने
काठमाण्डौँ । मदन भण्डारी फाउण्डेशनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गर्ने निर्णय गरेको छ । राईको अ...
जनसांस्कृतिक महासङ्घ नेपालको संयोजकमा भीम कुमाखी चयन
काठमाडौँ । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलनबाट सांस्कृतिककर्मी तथा कवि भीम कुमाखी संयोजक र अष्ट लामा सहसंयोजकमा चयन ह...
कवि तेजप्रकाश श्रेष्ठको नयाँ कृति ‘जाँगरको कल्पवृक्ष’ सार्वजनिक
काठमाडौँ। अग्रज साहित्यकार तथा कवि तेजप्रकाश श्रेष्ठको नयाँ कवितासङ्ग्रह ‘जाँगरको कल्पवृक्ष’ सार्वजनिक गरिएको छ । ठमेलस्थित चिवहालमा आयोजित कार्यक्...
तीन साहित्यकारलाई ‘मधुपर्क सम्मान’को घोषणा
काठमाडौँ । गोरखापत्र संस्थानको मासिक प्रकाशन साहित्यिक पत्रिका मधुपर्कले हरेक वर्ष प्रदान गर्दै आएको ‘मधुपर्क सम्मान’को घोषणा गरिएको छ । यस वर्षको...
सरुभक्त ‘कविता एन्ड द कप’मा गुन्जिए, सरल र जनमुखी कविताको पक्षमा जोड
काठमाडौँ । प्रसिद्ध साहित्यकार तथा बहुआयामिक सर्जक सरुभक्तको प्रमुख आतिथ्यमा ‘कविता एन्ड द कप’ कार्यक्रम सम्पन्न भएको छ । अनामनगरस्थित सिलौटो कटेजम...


