कहाँ छन् राष्ट्रपति मादुरो ? उपराष्ट्रपतिले मागिन् जीवित रहेको प्रमाण
काठमाडौँ । अमेरिकी सैन्य आक्रमणपछि भेनेजुएलामा राजनीतिक र सुरक्षा सङ्कट चरम उत्कर्षमा पुगेको छ । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति निकोलस मादुरो र प्रथम महिला सेलिया फ्लोरेसबारे सरकारसँग हाल कुनै सूचना नभएको र उनीहरू कहाँ छन् भन्ने तथ्य अज्ञात रहेको जानकारी दिएकी छिन् । उपराष्ट्रपति रोड्रिगेजले उनीहरू जीवितै रहेको तत्काल प्रमाण सार्वजनिक गर्न समेत माग गरिन्, जसले मादुरोको अवस्थाबारे थप रहस्य र चिन्ता पैदा गरेको छ ।
आवासीय क्षेत्रमा आक्रमण र क्षतिको विवरण रक्षामन्त्री भ्लादिमिर पाड्रिनो लोपेजले शनिबार बिहान भएको अमेरिकी हवाई हमलाले सैन्य अखडा मात्र नभई सर्वसाधारण बसोबास गर्ने आवासीय क्षेत्रहरूमा समेत ठूलो क्षति पुर्याएको दाबी गरे। उनका अनुसार सरकारले अहिले आक्रमणमा परी ज्यान गुमाउने र घाइते हुनेहरूको विवरण सङ्कलन गरिरहेको छ । प्रत्यक्षदर्शीहरूका अनुसार सहरको मुटुमा रहेको सैन्य अखडा ‘ला कार्लोटा’ र मुख्य सैन्य अड्डा ‘फुएर्ते तिउना’ मा भीषण विस्फोटहरू भएका छन्, जसका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
देशभर सेना परिचालन र रक्षामन्त्रीको आह्वान रक्षामन्त्री लोपेजले विदेशी सेनाको उपस्थितिको कडा विरोध गर्दै देशभर तत्काल सशस्त्र सैन्य बल तैनाथ गर्ने घोषणा गरे। स्पेनी भाषामा सम्बोधन गर्दै उनले भेनेजुएलामाथि इतिहासकै सबैभन्दा ठूलो आक्रमण भएको बताउँदै सम्पूर्ण सर्वसाधारणलाई एकजुट हुन आह्वान गरे। उनीहरूले हामीमाथि आक्रमण गरेका छन् तर हामी झुक्ने छैनौँ, लोपेजले भने। उनले राष्ट्रपति मादुरोले आक्रमणअघि दिएको सबै सशस्त्र सेना परिचालन गर्ने अन्तिम आदेशलाई पालना गरिरहेको समेत स्पष्ट पारे ।
आक्रमणको उद्देश्य र ट्रम्पको आरोप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरोमाथि लागुऔषध ओसारपसार र अमेरिकामा अपराध फैलाएको गम्भीर आरोप लगाउँदै हप्तौँदेखि दबाब बढाउँदै आएका थिए। आक्रमणअघि जारी गरेको विज्ञप्तिमा राष्ट्रपति मादुरोले यसलाई देशको तेल लगायतका प्राकृतिक स्रोतसाधन कब्जा गर्ने अमेरिकी रणनीतिको हिस्सा भएको बताएका थिए । राजधानी काराकासमा एकैपटक कैयौँ सैन्य र रणनीतिक क्षेत्रमा भएका विस्फोटपछि मादुरोले राष्ट्रिय आपतकाल घोषणा गरेका थिए, तर अहिले उनी आफैँ सम्पर्कविहीन हुनुले स्थिति थप भयावह बनेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि बढाए भन्सार दर
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यापारिक साझेदारहरूमाथि भन्सार दर पुनः बढाउने घोषणा गरेका छन् । ट्रम्पले गत वर्षको अप्रिलमा सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र मुख्य प्रतिस्पर्धीहरूलाई लगाएको थप भन्सार दर अमेरिकी सर्वोच्च...
हङकङमा नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (HKNUTRA) को आयोजनामा दौड प्रतियोगिता सम्पन्न !
मिडियाबाजी डटकम काठमाडौँ। हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (HKNUTRA) को आयोजनामा २२ तारिख आइतबार टाइमोसन कन्ट्री पार्कमा अल्ट्राट्रेल रनिङ सम्पन्न भएको छ । विभिन्न देशका १७६ जना धावकहरूको प्रतिस्पर्धा रहेको दौड प्रतियोगितामा ५० किलोमिटर...
शेख हसिनाका छोराको दाबी : बंगलादेशमा हुन लागेको चुनावपछि भारतलाई खतरा पैदा हुनेछ
काठमाण्डौँ । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजेदले यही फेब्रुअरी १२ मा हुने आम चुनावमा ‘धाँधली’ हुने आशंका व्यक्त गरेका छन् । अमेरिकामा रहेका उनले सोमबार साँझ भिडिओ कन्फरेन्सिङमार्फत कोलकातामा...
रिपब्लिकन नियन्त्रित सिनेटमा इरान युद्ध विरुद्ध प्रस्ताव पारित
काठमाडौँ । अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरान विरुद्ध सैन्य कारबाही रोक्न वा जारी राख्नु अघि कंग्रेसको स्वीकृति लिन निर्देशन दिने युद्ध प्रस्तावलाई पारित गरेको छ । अमेरिकी सिनेटमा उनको रिपब्लिकन पार्टीको नियन्त्रण रहेकोले यसलाई ट्रम...
खाडी देशहरूमा आक्रमण सुरु, अबुधाबीमा एकको मृत्यु, लाखौं नेपाली खतरामा
काठमाडौँ । इजरायलले शनिबार बिहान इरानको राजधानी तेहरान सहित धेरै शहरहरूमा आक्रमण गरेको थियो । प्रतिक्रियामा इरानले इजरायल विरुद्ध बदला लिने हमला गरेको छ । मिडिया रिपोर्टका अनुसार इरानले बदलामा लगभग ४०० वटा मिसाइल प्रहार गरेको छ ।
इजरायलका सा...
भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको ट्रम्पको दाबी
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार भेनेजुएलामा गरिएको ‘ठूलो स्तरको’ आक्रमणपछि उनीहरूलाई नियन्त...


