भोलिन्टियर फोर्सले समाजको मनोबाल बढाउने काम गर्ने छ : महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन भएको बताएका छन् । नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स एनभीएफ घोषणा गर्नुअघि काठमाडौंको बबरमहल क्षेत्रमा निकालेको र्यालीमा सहभागी बस्नेतले जेनजी आन्दोलनका क्रममा संसद, सर्वोच्च, सिंहदरबार, व्यापारिक प्रतिष्ठान र व्यक्तिका घरमा समेत आगजनीका घटना भएकाले अव मुलुकमा यस्तो अवस्था आउन नदिन पार्टीले स्वयंसेवक र प्रतिरोधी संगठन गठन गरेको बताएका हुन् ।
समाजमा बढेको असुरक्षा, अशान्ती र भदौ २३ २४ को घटनापछि आम मानिसहरुको खस्किएको मनोबल उठाउन नेसनल भोलेन्टियर फोर्सले आफ्नो गतिविधि केन्द्रीत गर्ने उनले बताए । त्यस्तै बस्नेतले असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहत तथा उद्धारमा सहयोग गर्ने उदेश्यका साथ भोलेन्टियर फोर्स अघि बढ्ने जानकारी दिए ।
माइतीघर मण्डलामा युवाहरु भेला भएर वानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा पुगेर सभामा परिणत भएको थियो। नेसनल भोलेन्टियर फोर्समा एकजना कमाण्डर र दुई जना सहायक कमाण्डरको व्यवस्था गरिएको एमालेले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नेपाली कम्युनिष्ट पार्टीको संयोजक प्रचण्ड, सहसंयोजक नेपाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी सहित १० दल एकता भएर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन्। एकता राष्ट्रि...
सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
काठमाडौँ । सरकारले सामाजिक सञ्जालको संचालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले...
आगामी पाँच बर्ष राष्ट्र निर्माणका लाग्ने गगनको योजना
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच बर्ष राष्ट्र निर्माणका लाग्ने योजनाका साथ अघि बढ्ने बताएका छन् । बौद्धिक पेशाकर्मी अभियान परिषदले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा सभापति थापाले यसअघि पटक पटक अवसर पाउँदा त...
विप्लवद्वारा अगाडि सारिएको सर्वपक्षीय सरकार निर्माणमा जेनजी मुभमेन्ट नेपालको साथ
काठमाडौँ । जेन्जी विद्रोहका क्रममा नवोदित पुस्ताले उठाएका राजनीतिक तथा शासकीय मुद्दाहरू अझै सम्बोधन नभएको भन्दै जेन्जी मुभमेन्ट नेपालले वर्तमान अवस्थामा पुरानै शासकीय स्वरूपमा गरिने निर्वाचन देश र जनताप्रति धोका हुने चेतावनी दिएको छ । मुभमेन...
छानबिन आयोगमा बयान दिने कि नदिने दोधारमा लेखक, सभापति देउवासँग परामर्श गर्दै
काठमाडौँ । तत्कालीन गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगमा बयान दिने कि नदिने भन्नेबारे द्विविधामा परेका छन् । जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठाएको छ । त्यसबारे उनले विभि...
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न काठमाडौं प्रशासनको अनुमति
काठमाडौँ । सोमबार मध्यरातमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न काठमाडौं प्रशासनले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईंलाई ४ दिन ह...



