शुक्रबार, ०१ साउन २०८३
नेपाली

एउटै सरकारको दुईटा कानुनः बैंक तथा वित्तिय संस्थालाई मनलाग्दी ब्याज उठाउँदा छुट, व्यक्तिलाई जेल !

Main News Image

अनुसा थापा______

भक्तपुर । सरकार एउटै, कानुन छुट्टै ! प्रसंग हो, ब्याजदरको । बैंक तथा वित्तिय संस्थालाई सरकारले आफैं ब्याजदर तोक्ने अधिकार दिएको छ । बैंक, फाइनेन्स, सहकारी, लघुवित्तले आफैं ब्याजदर तोक्छ । व्यक्तिको हकमा सरकारले तोकेको छ । व्यक्तिले १० प्रतिशतभन्दा बढी ब्याज लिन पाउँदैन ।  १० प्रतिशतभन्दा बढी ब्याज लिएमा मीटरब्याजी भनिन्छ । तिनलाई जेल र कानुनतः सजाय पनि हुन्छ । बैंक तथा वित्तिय संस्थाले तीन प्रतिशत सेवाशुल्क लिन्छ । तीन करोडको धितो राखेर एक करोड दिन्छ । त्यसमा २० लाख त घुसै लिन्छन् । तीन किस्ता तिर्न नसक्नेबित्तिकै धितो खाइदिन्छ । 

वर्षैपिच्छे ऋणको नवीकरण गरेर पैसा असुलिन्छ । धितोको बीमा गरेर बैंकले कमिशन खान्छ । बैंक तथा वित्तिय संस्थाले ब्याजको स्याज गर्छ । ८० प्रतिशतसम्म ऋणीबाट ब्याज असुल्ने गरिएको छ । खुला अर्थतन्त्रको नाममा बैंक तथा वित्तिय संस्थालाई लुट्ने छुट दिइएको छ । १० प्रतिशतभन्दा बढी ब्याज लिएको आरोपमा कैयौं व्यक्ति जेल पुग्दा बैंक तथा वित्तिय संस्थाले सुकिलामुकिला बनेर लुटिरहेका छन् । बैंकले घरजग्गा धितो लिलाम गरेपछि ३५ वर्षीय विवेक मण्डलले केही दिनअघि आत्मदाह गरे । बिएस्सी गरेका उनलाई पढाउन घरजग्गा धितो राखेर ऋण निकालिएको थियो । 

ऋण तिर्न नसकेपछि बैंकले घरजग्गा लिलाम गर्यो । उनले आत्मदाहको बाटो रोजे । उपचारको क्रममा उनको निधन भएको छ । बैंक तथा वित्तिय संस्थाका कारणले हजारौंले आत्महत्या गरिसकेका छन् । केही वर्षअगाडि भक्तपुरको निकोसेरामा एकदमै दर्दनाक घटना भयो । 

बैंकले घर लिलाम गरेपछि एक जनाले आफ्नो एलएलसी पास गरेको छोरा, श्रीमती, कुकुर मारे । अन्तिममा आफूपनि मरे । यता, त्रिशुलीमा गएर परिवार नै हाम्फालेको घटना पनि छ । बैंकको कारणले धेरै मृत्युको मुखमा पुगे तर कहिल्यै खोजीनीति भएन । न बैंकमाथि कारबाही नै भयो । 

बैंकले गर्दा लाखौं नागरिक सुकुम्बासी बनेका छन् । करोडपतिहरु रोडपति बनेका छन् । जनता ठग्ने, सुकुम्बासी बनाउने, मर्न बाध्य पार्ने बैंक तथा वित्तिय संस्था सिंहदरबार र वालुवाटार वरिपरि छ्याप्छ्याप्ती छन् । तर, सरकार देख्दैन । सर्ट पाइन्ट र टाई लगाएर जनता लुट्ने काम भइरहेको छ । 

त्यो नदेख्ने सरकारका गृहमन्त्री सुधन गुरुङ्ग भने मीटरब्याज पीडितलाई रोक्न बाराको निजगढ पुगेका छन् । उनीहरुले न्याय मार्च गरे, पटकपटक आन्दोलन गरे, त्यसैले सरकारले उनीहरुबारे थाहा पायो । बैंक तथा वित्तिय संस्थाका पीडितले के गर्ने ? उनीहरुले कहाँ गएर आफू लुटिएको व्यथा सुनाउने ? 

सिंहदरबारकै छेउछाउका व्यवसायीलाई एक लाख रुपैयाँ ऋण दिएर ९५ दिनसम्म एक हजार २५० रुपैयाँ उठाउनेहरुको बिगबिगी छ । प्रधानमन्त्री, मन्त्रीहरु बस्ने ठाउँको छेउछाउ यस्तो धन्दा चलिरहेको छ । तर, न प्रधानमन्त्री त्यो देख्छन् न गृहमन्त्री । एक लाखको मासिक पाँच हजारदेखि ३० हजार ब्याज लिनेहरु पनि यत्तिकै छन् । 

यसमा प्रायः सुन पसले, हार्डवेयर पसलेहरु रहेका छन् । आफ्नै वरपर जनता सुकुम्बासी बनिरहँदा गृहमन्त्री मीटरब्याज पीडित भेट्न जानु नौटंकी मात्र हो । यदि वास्तवमै जनताको चिन्ता छ भने बैंक तथा वित्तिय संस्थाले लिने ब्याजदर तोकिदियौं । सेवाशुल्क लिन नपाउने, जबरजस्ती धितो बीमा गर्न नलगाउने, पेनाल्टी हान्न नपाउने व्यवस्था गरौं । 

नेपाल राष्ट्र बैंकले केही दिनअघि मौद्रिक नीति ल्यायो । सेयरमा ८० प्रतिशत कर्जा दिने मौद्रिक नीतिमा उल्लेख छ । त्यसैगरी, सवारी साधन र घरजग्गालाई ८० प्रतिशत कर्जा दिने भनिएको छ । यहाँ पनि राष्ट्र बैंकको दोहोरो चरित्र देखियो । बैंक तथा वित्तिय संस्था, जलविद्युत कम्पनी, संघसंस्थाले एक सय रुपैयाँमा सेयर निकासा गर्छ । 

त्यो राष्ट्र बैंकलाई पनि थाहा छ । अहिले सेयरको मूल्य दुई हजार पाँच सय रुपैयाँ पुगेको छ । एक सय रुपैयाँको सेयरलाई २१ सय रुपैयाँ कर्जा दिने नीति ल्याइएको छ । यो नीतिले जनता डुब्छन् कि डुब्दैनन् ? बैंकमा भएको पैसा बचतकर्ताको हो । त्यो जथाभावी लगानी गरेर बचतकर्ता डुबाउन पाइँदैन । 

घरजग्गाको कारोबारमा मन्दी आएको छ । गाडी खरिद गरेपछि मूल्य बढ्ने होइन, घट्नेतर्फ जान्छ । तर, राष्ट्र बैंक त्यस्तै जोखिमपूर्ण क्षेत्रमा कर्जा लगानी गर्नमा केन्द्रित देखिएको छ । यसले जनतालाई उठिबास लगाउन सक्छ । विकसित मुलुकमा बैंकमा पैसा राख्नेले नै पैसा तिर्नुपर्छ । पैसा सुरक्षित राखिदिएकोबापत शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । 

अन्य देशमा जमिन पनि राज्यको स्वामित्वमा छ । जनतालाई पुरै अधिकार दिइएको छैन । कुन व्यक्तिको आम्दानी कति ? खर्च कति ? यसको विवरण राज्यसँग हुन्छ । त्यसैले त ती देश विकसित भए । यहाँ त ब्याजका लागि घरखेत राखेर बैंक तथा वित्तिय संस्थामा पैसा राख्ने अनि बसिबसि खाने । 

बैंक तथा वित्तिय संस्था बचतकर्तालाई ब्याज दिन र मोटो नाफा कमाउन ऋणीलाई ठग्ने । बजारको अवस्था के छ ? देखि नै सकेको छ । तैपनि, बैंक तथा वित्तिय संस्थाले बचतकर्ताबाट पैसा उठाउन छाडेका छैनन् । तीन प्रतिशत ब्याज दिने भन्दै पैसा उठाइरहेका छन् । बैंक तथा वित्तिय संस्थाले उठाएको पैसा चाङ लगाएर राखिएको छ । बैंकमा ऋण लिन जाने मान्छे नै छैनन् । ऋण लिन त पहिलो धितो चाहियो । ऋण लिएर पनि कहाँ लगानी गर्ने ? लगानी गर्ने ठाउँ छैन । अहिले बैंक तथा वित्तिय संस्थाबाट पैसा लिनु भनेको आफ्नो धितो गुमाउनु मात्र हो भन्ने जनताले बुझिसकेका छन् । 

माओवादीले जनयुद्द थालेपछि बैंक तथा वित्तिय संस्था गाउँबाट राजधानी छिर्यो । मीटरब्याजीहरुको भागाभाग भयो । माओवादीलाई बैंक तथा वित्तिय संस्थाको रहस्य थाहा थियो, त्यसैले त लखेट्यो । तर, जनताले बैंक तथा वित्तिय संस्थालाई चिनेका थिएनन् । अब चिनिसकेका छन् । 

त्यसैले त कर्जा लिन जाने मान्छे भएनन् । सर्वसाधारण ठग्नलाई बैंक तथा वित्तिय संस्थाले नयाँ नयाँ रणनीति ल्याइरहेको छ । तर, जनताको आँखा खुलिसक्यो । बैंक तथा वित्तिय संस्थाले गर्न पनि अति गर्यो । मान्छेलाई मार्नुपर्नेसम्मको बाध्यता बनाइयो । राज्य पनि सँधै तिनकै पक्षमा उभियो । जनताले किन आत्महत्या गरे ? आफ्नो परिवार सखाप पारे ? राज्यले खोजेन । लघुवित्तबाट पीडितहरु पटकपटक सडकमा उत्रिए । तर, न्याय पाएनन् । सेयरको मूल्य बढाउने विष्णु पौडेल र दिपक भट्ट रहेछन् भन्ने खुलिसकेको छ । उनीहरु पक्राउ पर्नेबित्तिकै सेयर डामाडोल बनेको छ । 

हरेक क्षेत्रमा कृत्रिम मूल्यको बिगबिगी थियो । एक सयको सेयर ४५ सयसम्म पुग्यो । आनाको हजारमा नजाने जग्गा लाखदेखि करोड पुर्याइयो । अहिले जनताले धेरै कुरा बुझिसकेका छन् । दलालीले मूल्य बढाएको कुरा छर्लङ्ग भइसकेको छ । त्यसैले चाहेर पनि ठग्नसक्ने अवस्था छैन । जब यथार्थता बाहिर आउँछ, तब जनता सचेत हुन्छन् । अहिले भएको त्यही नै हो । 


mediabaaji add

सम्बन्धित खबर

नेपाल कालोसूचीमा गर्ने दिन घर्किँदै, अर्थमन्त्री वाग्ले आफ्नै पारामा !

रुषा थापा_______________

भक्तपुर ।   माघ महिना आउन आठ महिनामात्र बाँकी छ । आठ महिनाभित्र नेपाल ग्रेलिष्टबाट नहटे कालोसूचीमा पर्नेछ । वालेन्द्र शाह (वालेन) नेतृत्वको रास्वपा सरकार गठन भएको एक महिना पूरा भएको छ । यसबीचम...

ऋणको पासोले जनता जेलमा, सरकार वैदेशिक ऋण थुपारेर देश डुबाउने खेलमा !

अनुसा थापा ____________

पछिल्लो पाँच वर्षयता बैंकिङ्ग कसुरको मुद्दा ह्वात्तै बढेको छ । त्यसमा पनि सबैभन्दा बढी चेक बाउन्स र आर्थिक लेनदेनको कसुर रहेको छ । बैंकिङ्ग कसुरको प्रमुख कारण आर्थिक मन्दी देखिन्छ । बजारमा लामो समयदेखि आ...

राजनीतिक हस्तक्षेप : खेलकुद विकासको मुख्य बाधक

© मदन सिंह भाट

खेलकुद मानव जीवनको त्यो सृष्टि हो, जहाँ शरीर र आत्मा बीचको संवाद हुन्छ।
खेलकुदमा केवल पसीना बग्दैन त्यहाँ इच्छाशक्ति, अनुशासन र स्वाभिमानको रस बगिरहेको हुन्छ तर जब राजनीतिक शक्ति त्यस पवित्र प्रवाह...

राष्ट्रिय खेलाडीहरूको संघर्ष र अस्वीकारिएको योगदान

प्रस्तावना
राष्ट्रको इज्जत, पहिचान र गौरव शब्दहरू केवल इतिहासका पानामा सीमित छैनन् । ती आज पनि खेल मैदानमा पुनः–पुनः जन्मिन्छन् । जब कुनै खेलाडीले राष्ट्रको झण्डा काँधमा बोकेर मैदानमा पसिना...

लुम्बिनीका पुरातात्त्विक सम्पदाको संरक्षणमा सबै एकजुट हुनुपर्छ : उपाध्यक्ष लामा

मिडियाबाजी डटकम काठमाडौँ आश्विन ३० ,काठमाडौँ ।लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनीसहितका सम्पूर्ण पुरातात्त्विक क्षेत्रहरूको संरक्...

स्वास्थ्य बीमाः हुनेखानेले उपभोग गर्दा राज्य कंगाल, गरिब उपचारबाट वञ्चित, अब चाँहि मापदण्ड बनाउने कि !

रुषा थापा________

भक्तपुर । पछिल्लो समय घरैपिच्छे रोगी भेटिन्छन् । एउटै घरमा विभिन्न रोगबाट पीडितहरु हुन्छन् । ग्याट्रिक, सुगर, प्रेसर त मानिसका निम्ति सामान्यजस्तै रोग बनिसकेको छ । जोकोही यी रोगबाट ग्रसित देखिन्छन् । यसबाहेक क...