बुधबार, १७ भदौ २०८३
नेपाली

आज सामान्य अंकले घट्यो नेप्से, ४ अर्ब ४८ करोडको कारोबार

Main News Image

काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ०.५३ अंकले घटेर २६४४.७० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२४ कम्पनीको १ करोड ८ लाख १० हजार १०६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड माथिको सेयर कारोबार भएको छ । आज १२५ कम्पनीको सेयर मूल्य बढ्दा ११९ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज युनियन हाइड्रोपावरको सर्वाधिक ३१ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा माउन्टेन इनर्जीको २२ करोड ९४ लाख रुपैयाँ र तेस्रोमा ङादी ग्रुप पावरको १६ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन ६ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज सागर डिष्टिलरी स्वास्तिक लघुवित्त, झापा इनर्जी, माबिलुङ इनर्जी, बुंगल हाइड्रो र श्रीनगर एग्रीटेकका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका हुन् ।

mediabaaji add

सम्बन्धित खबर

आईपीओका लागि आवेदन दिने कम्पनीको वित्तीय विवरण अब अनिवार्य पुनरवलोकन हुने

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओका लागि आवेदन दिने कम्पनीहरूको वित्तीय विवरण लेखा विशेषज्ञमार्फत पुनरवलोकन गर्ने व्यवस्था लागू गरेको छ । बोर्डले ‘वित्तीय विवरण पुनरवलोकनसम्बन्धी मापदण्ड, २०८२’ जारी गर्दै आगामी...

सोलु हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै, कतिले पाउँछन् शेयर ?

काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडले आईपीओ आज ३ः३० बजे बाँडफाँड गर्ने भएको हो ।

कम्पनीको आईपीओ...

बजारमा ग्यास अभाव हुँदैन : निगम

काठमाडौँ । नेपालमा आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति नियमित भइसकेकाले अभाव नभएको जनाएको छ । भारतको बरौनी रिफाइन केन्द्र मर्मत गर्न एक हप्ता बन्द भई टाढा रहेको पारादीप रिफाइनरी केन्द्रबाट ग्यास आपूर्ति गर्दा समय लाग्ने हुँदा कम भई...

चुनाव अघि सेयर बजारमा उच्च वृद्धि, कारोबार रकम ६ अर्ब माथि

काठमाण्डौँ । चुनाव अघि सेयर बजारमा हरियाली देखिएको छ । मंगलबार सेयर बजार परिसुचक ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा पुगेको हो । यो अघिल्लो कारोबार भन्दा १.४४ प्रतिशतले धेरै हो । आज सेयर बजारमा २५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको घटेको छ...

नागढुंगा सुरूङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाण्डौा । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी थालिएको छ । नेपालको बहुप्रतिक्षित सुरुङमार्ग आयोजना सञ्चालनमा आएसँगै नौबिसे–नागढुङ्गा सडकखण्डमा हुने सवारी आवतजावत सहज हुने अपेक्षा गरिएको छ ।

शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ...