शुक्रबार, १९ भदौ २०८३
नेपाली

पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द

Main News Image

कास्की । पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मार्गमा पर्ने पोखराको विजयपुर खोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’ कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ । मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ देखि २ बजेसम्म सडक बन्द हुने जनाएको छ ।

योजना प्रमुख कृष्णबहादुर कुँबरले दैनिक चार घण्टा सडक पूर्णरआंशिक रूपमा बन्द रहने भएकाले पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने र बाहिरिने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको जानकारी दिए । उनले अवस्था हेरी प्रत्येक ३० मिनेटमा लाइन लागेका ट्राफिकलाई क्लियर गर्न सकिनेसमेत जानकारी दिए ।

योजना प्रमुख कुँवरले भने ‘पोखरादेखि विजयपुर हुँदै तालचोक जाने र सोही रुट हुँदै आउने सवारी साधनलाई पूर्ण रूपमा बन्द गरी काम गर्नुपर्ने भएकाले ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित सबैमा आग्रह गरेका छौँ । सवारी चालकलाई तोकिएको समयमा वैकल्पिक सडक हुँदै यात्रा गर्न अनुरोध गरिएको छ ।’

mediabaaji add

सम्बन्धित खबर

बेलायतमा वर्क परमिट ठगी बढ्दै, नेपाली दूतावासको सचेतना

काठमाण्डौँ ।  बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा नेपालीहरू ठगीमा परेका गुनासो बढेपछि लण्डनस्थित नेपाली दूतावासले सचेत रहन आग्रह गरेको छ। दूतावासका अनुसार नेपालबाट बेलायत आउन चाहने र बेलायतमै रोजगार खोजिरहेका...

दौरा सुरुवालमा दौडिएर जोशीले लेखाए गिनिज बुकमा नाम

काठमाडौँ । नेपाली मूलका अमेरिकी धावक बाल जोशीले दौरा सुरुवालमा ‘विश्व म्याराथन च्यालेञ्ज’ पुरा गरेर गिनिज बुकमा नाम लेखाएका छन् । जोशीले सात महादेशमा, सात दिन लगातार सञ्चालन भएको सात वटा म्याराथनमा दौरा सुरुवालमा दगुरेर विश्व किर्तिमान कायम गर्दै...

प्रतिबन्धित वस्तुको बिक्री वितरण रोक्न विभागको चेतावनी, अनलाइन माध्यमबाट बेचे कारबाही हुने

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारद्वारा वैधानिक रूपमा प्रतिबन्ध लगाइएका वस्तुहरूको अनधिकृत पैठारी, भण्डारण तथा बिक्री वितरण नगर्न कडा चेतावनी दिएको छ ।

विभागले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै निकासी पै...

विशेष अदालतद्वारा दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको अभियोग लागेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको संयुक्त इजलासले उनीहरूको बयान तथा थुनछेक बहसपछि...

मेलम्चीको पानी पूर्ण रूपमा रोकियो

काठमाडौँ । आफ्ना माग पुरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समितिहरुको समूहले मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण बन्द गरेका छन् । मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले काठ...

सङ्खुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । सङ्खुवासभा–ताप्लेजुङ सीमाक्षेत्र आसपास शसुक्रबार बिहान ३ः१८ बजे ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र एनईएमआरसी अन्तर्गतको खानी तथा भूगर्भ विभाग डीएमजीका अनुसार सङ्खुवासभाको टोप्के गोला आसपास के...