शुक्रबार, ०१ साउन २०८३
नेपाली

सुनचाँदीको भाउ ह्वात्तै बढ्यो, सुन प्रतितोला २ लाख ६८ हजार नाघ्यो

Main News Image

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ तीव्र रूपमा बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार सुन प्रतितोला ३ हजार १ सय रुपैयाँ बढेर २ लाख ६८ हजार १ सय रुपैयाँ पुगेको छ । यसअघि सोमबार सुन प्रतितोला २ लाख ६५ हजारमा कारोबार भएको थियो। सुनको हालसम्मकै उच्च मूल्य पुस १३ मा प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो ।

यता चाँदीको भाउ पनि प्रतितोला १ सय ९५ रुपैयाँ बढेर ४ हजार ८ सय ८० रुपैयाँ पुगेको छ। चाँदीको उच्च मूल्य पुस १४ मा प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँ पुगेको थियो।

mediabaaji add

सम्बन्धित खबर

मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैया...

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन् । जेनजी आन्दोलनपछि गत भदौ २७ गते बनेको सरकारको १०० पुगेको अवसरमा प्रधानमन्त्रीले सम्बोधन गर्दै सो कुरा बताएकी हुन्...

बुधबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७४...

आज शेयर बजार सामान्य अंकले घट्यो, १६ अर्ब ३५ करोड माथिको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.०७ अंकले घटेर २७६९.०९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३२ कम्पनीको ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३५ करोड ५७ लाखको सेयर कारोबार भ...

बैंकिङ प्रणालीमा अधिक तरलता, आज ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज माघ २८ गते फेरि ५० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट उक्त पैसा तान्ने भएको हो । 

यसका लागि आज...

बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको संख्या बढ्दै

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि उम्मेदवारले धमाधम खाता खोलेका छन् । राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ । सो...