सुन र चाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिन २ लाख ४९ हजार ४८५ रुपैयाँ रहेको थियो । यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ४ हजार ४८० रुपैयाँ रहेको चाँदी आज ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । १० ग्राम चाँदीको मूल्य ३ हजार ८६३ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन ३ हजार ८४१ रुपैयाँ थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
आज सामान्य अंकले घट्यो नेप्से, ४ अर्ब ४८ करोडको कारोबार
काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ०.५३ अंकले घटेर २६४४.७० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२४ कम्पनीको १ करोड ८ लाख १० हजार १०६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड माथिको सेयर कारोबार भएको छ...
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी
बागमती । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुमगनसँगै सक्रियता बढाइएको छ ।
हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ देखि सञ्चालित हेट...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित
महेन्द्रनगर । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र आपूर्तिमा देखिएको समस्याका कारण सुदूरपश्चिमा ठूला विकास आयोजनाको काम प्रभावित बनेका छन् । निर्माण व्यवसायीहरूले आफूसित मौज्दात रहेको इन्धनबाट काम गरिरहेको भए पनि इन्धनमा भएको मूल्...
मोरङमा बेमौसमी वर्षाले धान उत्पादन घट्यो, किसान चिन्तित
मोरङ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङ जिल्लामा यस वर्ष बेमौसमी वर्षाका कारण धान उत्पादन घटेको छ। गत वर्षको तुलनामा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो । मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्...
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
बाँके । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत तरिकाले भूमि दिलाइदिने भन्ने हल्ला र भ्रमका पछि नलाग्न आग्रह गरेको छ । भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष घननाथ खनालले बाँकेको कोहलपुर नगरपालिकालगायतका क्षेत्रमा केही दिनयता...
एकैदिन तोलामा १० हजार ४ सय बढ्यो सुनको भाउ, कति पुग्यो ?
काठमाण्डौँ । सुनको मूल्य आज एकैदिनमा १० हजार चारसय रुपैयाँ बढेको छ । बुधबार सुनको मूल्य दुई लाख ९५ हजार एकसय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य आजसम्मकै सबैभन्दा महँगो हो ।
गएको आइतबारदेखि निरन्तर बढ्दै आ...



