स्थगित विश्वकप लिग–२ का खेल वैशाख १२ देखि काठमाडौंमा हुने
काठमाडौँ । नेपालमा हुने तय भएर स्थगित भएको आईसीसी विश्वकप लिग–२ अन्तर्गतका खेल आगामी वैशाख १२ देखि २२ गते अप्रिल २५ देखि मे ५ सम्म काठमाडौंमा सञ्चालन हुने भएका छन् । त्यसलगत्तै वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म अर्को शृङ्खला पनि आयोजना गरिने तालिका सार्वजनिक गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानले मंगलबार नयाँ मिति घोषणा गर्दै स्थगित रहेको नेपाल, यूएई र ओमान सम्मिलित शृङ्खला वैशाखमा सञ्चालन हुने जानकारी दिएको हो । तालिकाअनुसार नेपाल र यूएईबीच पहिलो खेल वैशाख १२ गते हुनेछ भने दोस्रो खेल वैशाख १६ गते ओमानसँग हुनेछ । एक टोलीसँग दुई–दुई खेल खेल्ने तालिकाअनुसार नेपालले तेस्रो खेल वैशाख १८ गते यूएईसँग खेल्नेछ भने चौथो खेल वैशाख २२ गते ओमानसँग हुनेछ ।
यसअघि नेपाल, ओमान र यूएईबीचको शृङ्खला गत फागुन २६ देखि चैत ६ गतेसम्म कीर्तिपुरमा सञ्चालन हुने तय थियो । तर मध्यपूर्व क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थालाई ध्यानमा राख्दै क्यानले विश्वकप लिग–२ का खेल अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
एसिसी प्रिमियर कप : नेपाल आज बहराइनसँग भिड्दै, विजयी सुरुआत गर्ने लक्ष्य
काठमाडौँ । तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको बाङ्गीस्थित वाईएसडी यूकेएम ओभल मैदानमा आयोजना हुनेछ ।
एकदिवसीय क्रिकेटको इतिहासमा नेपाल र बहराइन पहिलोपटक आमने...
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
काठमाडौँ । आइसिसी महिला टी २० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्याण्डसँग आठ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १६ दशमलव पाँच ओभरमा दुई व...
नर्वेसँग पराजित भएपछि नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
काठमाडौँ । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तिम १६को खेलमा नर्वेसँग २,१ गोल अन्तरले पराजित भएसँगै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ। यस स्तब्धपूर्ण हारलगत्तै ब्राजिलका स्टार फरवार्ड नेयमारले भावुक बन्दै अन्तर्राष्ट्रिय फुटबलबाट आफ्नो सन्यासको...
खेलकुदमन्त्री गुप्ताको अमेरिका भ्रमण रद्द, तत्काल राजीनामा पनि नदिने
काठमाण्डौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता पछिल्लो समय विवादमा तानिएका छन् । मन्त्रालय सम्हालेको छोटो समयमै गुप्ता अमेरिका भ्रमणलाई लिएर विवादित बनेका हुन् । गुप्ता जेनजीको कोटाबाट मन्त्री बनेको चर्चा छ । मन्त्री गुप्तालाई गैरआवासीय नेपाली स...
७ वर्षे बालक तेगबीरको कीर्तिमान : ५,४१६ मिटरको थोरङ्ला पास पार गर्दै बने संसारकै कान्छो पदयात्रीमध्ये एक
काठमाण्डौँ । भारतका ७ वर्षीय तेगबीर सिंहले ५,४१६ मिटर उचाइको थोरङ्ला पास पार गर्दै संसारकै कान्छा पदयात्रीमध्ये एकको कीर्तिमान बनाएका छन् । अप्रिल ११ मा सुरु भएको यात्रा १८ मा पूरा गर्दै उनले कडा चिसो र कम अक्सिजनबीच २३० किमि पदयात्रा सफलतापूर्वक...
धुर्मुसलाई रंगशालाको भुक्तानी गर्न भरतपुर महानगरलाई कानुनी बाधा
चितवन । धुर्मुससुन्तली फाउन्डेसनले भरतपुरमा निर्माण सुरु गरेर बीचमै छाडेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको भुक्तानी दिन भरतपुर महानगरपालिकालाई कानुनी बाधा परेको छ । संघीय सरकारले रु १५ करोड बजेट विनियोजन गरे...



