बिहिबार, २१ जेठ २०८३
नेपाली

आइसीसी टी–२० विश्वकपमा लगातार तेस्रो हार व्यहोरेसँगै नेपाली टोली सुपर ८ दौडबाट बाहिरिए

Main News Image

काठमाण्डौँ । भारत र श्रीलंकामा जारी आइसीसी टी–२० विश्वकपमा लगातार तेस्रो हार व्यहोरेसँगै नेपाली राष्ट्रिय क्रिकेट टोली सुपर ८ दौडबाट बाहिरिएको छ।

आइतबार भएको समूह चरणको तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएपछि नेपाल सुपर ८ दौडबाट बाहिरिएको हो। जारी विश्वकपमा सुपर ८ दौडबाट बाहिरिने नेपाल दोस्रो टोली बनेको छ। नेपाल समूह सीमा रहेको छ । 

यसअघि समूह बी बाट ओमान सुपर ८ दौडबाट बाहिरिसकेको छ ।  नेपाललाई हराएपछि वेस्ट इन्डिज भने एक खेल अगावै सुपर ८ मा पुगेको छ। जारी विश्वकपमा सुपर ८ मा पुग्ने वेस्ट इन्डिज पहिलो टोली बनेको छ। समूह सी मा रहेको वेस्ट इन्डिज तीन खेलमा अपराजित रहेर ६ अंकमा तालिकाको शीर्ष स्थानमा रहँदै सुपर ८ मा पुगेको हो। समूह बी बाट अब इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली सुपर ८ को दौडमा छन्। 


mediabaaji add

सम्बन्धित खबर

पूजा महतोको धैर्यपूर्ण अर्धशतकले नेपाललाई जितको बाटोमा फर्कायो

काठमाडौँ । पूजा महतोको अविजित अर्धशतकीय इनिङ्सको मद्दतमा नेपालले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा आफूलाई जीवित र...

टी–२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग खेल्दै

काठमाडौँ । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ । नेपाल र यूएईबीचको वार्म अप खेल साँझ सवा ५ बजेदेखि चेन्नईको एमए चिदाबरम स्टेडियममा सुरु हुनेछ ।

यसअघि नेपालले मुम्बईमा एमसीए प...

खेलकुदमन्त्री गुप्ताको अमेरिका भ्रमण रद्द, तत्काल राजीनामा पनि नदिने

काठमाण्डौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता पछिल्लो समय विवादमा तानिएका छन् । मन्त्रालय सम्हालेको छोटो समयमै गुप्ता अमेरिका भ्रमणलाई लिएर विवादित बनेका हुन् । गुप्ता जेनजीको कोटाबाट मन्त्री बनेको चर्चा छ । मन्त्री गुप्तालाई गैरआवासीय नेपाली स...

निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने

पोखरा । विभागीय टोली एपीएफ क्लबकी स्पाइकर निरुता ठगुन्नाले छैटौं टाइगर कपअन्तर्गत थाइल्यान्ड क्विन्सवविरुद्धको खेल गुमाउने भएकी छन् । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बिहीबार एपीएफले तेस्रो स्थानका लागि थाइल्यान्ड क्विन्सलाई चुनौती प्रस...

राष्ट्रिय महिला फुटबल टीमको विदाई, चाइनिज ताइपेईसँगै इन्डोनेसियालाई हराउँदै उपाधि जित्ने लक्ष्य

काठमाडौँ । इन्डनेसियामा आयोजना हुने मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टीमलाई विदाई गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय...

सुदूरपश्चिम अपराजित रहँदै प्लेअफमा, जनकपुर अंकविहीन

काठमाडौँ । सुदूरपश्चिम रोयल्स अपराजित रहँदै नेपाल प्रिमियर लिग एनपीएल टी २० क्रिकेटको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराउँदै प्लेअफमा पुगेको हो । १४६ रनको चुनौती सुदूरले १७...