तिहारको मुख्य दिन आज भाइटीका : टीकाको उत्तम साइत बिहान ११ः३९ बजे
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ। यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । आज दिनभर टीका लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३९ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिले जनाएको छ।
समितिका अनुसार यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने छ। यसो गरेमा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्नेछन्। शुभ कर्ममा चन्द्रमालाई अघि सम्मुख वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ। शुभ कर्म गर्दा चन्द्रमालाई दाहिने वा सम्मुख पारेर गर्नुपर्ने शास्त्रीय नियम छ।
राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ। आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ।
टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।
एक्सप्रेस
सम्बन्धित खबर
जनपक्षीय विद्यार्थी युनियनको शैक्षिक हड्ताल घोषणाले उपत्यकाका निजी विद्यालय बन्द
काठमाडौँ । जनपक्षीय विद्यार्थी युनियन, नेपालले उपत्यकाव्यापी शैक्षिक हड्ताल घोषणा गरेसँगै निजी विद्यालयहरूमा आज पठन पाठन नहुने भएको छ । विद्यालयहरुले धमाधम अभिभावकहरुलाई सूचना जारी गर्दै विद्यालय बन्द गरिएको जनाएका छन् । उनीहरुले विद्यालयको...
सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी
काठमाडौँ । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको रकम बुझेर सेन्टर खाली गर्न आग्रह गरेपछि, सरकारले अव्यवस्थित ढंगमै छोडे सुकुम्बासीले पुरानै ठाउँमा गएर छाप्रो हालेर बस्ने चेतावनी दिएका छन् । विभिन्न नदी किनारका सुकुम...
सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली रहने
काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ । देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश...
काग तिहार : यमराजको दूतको पूजा र प्रतीक
काठमाडौँ । तिहारको प्रारम्भ काग तिहारबाट हुन्छ । कागलाई यमराजको दूत मानिन्छ र यसले मानव कर्मको सूचना पुर्याउने विश्वास गरिन्छ । पुराण अनुसार, शिवपुरी वा बागद्वारमा शिवजी हराएको बेला माता पार्वतीले कागको स्वरूप लिई सन्द...
आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि
काठमाडौँ । २०८३ साल साउन १० गते आइतबार सन् २०२६ जुलाई २६ तारिख। असार शुक्ल पक्षको द्वादशी तिथि । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।
धर्मशास्त्रमा...
सरकारसँग छ बुँदे सहमतिपछि टुट्यो डा. निकोलस र हरिशको अनशन
काठमाडौँ । सरकारले डा निकोलस भुसाल र हरिश विष्टसँग छ बुँदे सम्झौता गरेसँगै उनीहरूको ११ औँ दिनको अनशन अन्त्य भएको छ । शुक्रबार सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल तथा अनशनरत डा भुसाल र विष्टबीच सम्झौतापत्रमा हस्ताक्षर भएको...



