जनपक्षीय विद्यार्थी युनियनको शैक्षिक हड्ताल घोषणाले उपत्यकाका निजी विद्यालय बन्द
काठमाडौँ । जनपक्षीय विद्यार्थी युनियन, नेपालले उपत्यकाव्यापी शैक्षिक हड्ताल घोषणा गरेसँगै निजी विद्यालयहरूमा आज पठन पाठन नहुने भएको छ । विद्यालयहरुले धमाधम अभिभावकहरुलाई सूचना जारी गर्दै विद्यालय बन्द गरिएको जनाएका छन् । उनीहरुले विद्यालयको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन तथा समग्र शैक्षिक वातावरणको संरक्षणका लागि विद्यालय बन्द रहने निर्णय गरिएको जानकारी गराएका छन् ।
निजी विद्यालयका छाता संस्थाहरूले भने विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने भन्ने बारेमा औपचारिक निर्णय गरेका छैनन् । प्याब्सन र एनप्याब्सनले सम्बन्धित विद्यालयलाई नै निर्णय गर्न भनेका छन् । आइतबार बसेको उनीहरुको छलफल बिना निर्णय टुंगिएको थियो । यता सरकारदेखि स्थानीय तहले पनि केही बोलेका छैनन् । शिक्षा मन्त्री महावीर पुनले विभिन्न विषयमा बिहानै सामाजिक सञ्जालमा मत राख्दै आए पनि उपत्यकाभित्रका विद्यालयहरु ठप्प हुँदासमेत कुनै प्रतिक्रिया जनाएका छैनन् ।
मन्त्री पुनले आइतबार मात्रै नेपाल भरिका धेरै विद्यालयहरुमा भएका मनपरी, बेथिति, भ्रष्टाचार र राजनीतिकरण हटाउन स्थानीय अभिभावकहरु एकजुट भएर जोडदार आन्दोलन नगरेसम्म र कडा चेतावनी नदिएसम्म सुधार हुन गाह्रो छ’ भनी लेखेका थिए । उनले सामाजिक सञ्जालमै ‘त्यसो गर्ने पूर्ण अधिकार संविधानले अभिभावकहरुलाई दिएको छ । शिक्षा मन्त्रालयले मात्र काठमाडौँबाट निर्देशन दिएर नपुग्ने भयो’ भनी लेखेका छन् ।
उनको यो स्टाटसले भने हड्ताल गर्ने जनवर्गीय विद्यार्थी युनियनलाई सघाउ पुर्याएको देखिन्छ । उक्त युनियनले विदेशमा रहेका नेपाली विद्यार्थी, श्रमिक एवं नेपाली नागरिकलाई यही चुनावबाट मताधिकार सुनिश्चित गर्नुपर्ने, निजी विद्यालयको शुल्क घटाउनुपर्ने लगायतका माग राखेको छ । युनियनकी अध्यक्ष सुनिता बुढाथोकीले जारी गरेको विज्ञप्तिमा आजको हड्ताल सफल पार्न आह्वान गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बाला चतुर्दशी व्यवस्थित गर्न १८ घण्टा कर्मचारीलाई सेवामा खटाइने
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला अवधिभर सबै कर्मचारीलाई कम्तीमा १८ घण्टा काममा खटाउने भएको छ । यसवर्षको बाला चतुर्दशी मेला पर्वलाई विगत वर्षमा भन्दा व्यवस्थित बनाउन कुनै पनि कर्मचारीला...
लक्ष्मीपूजाः धन, धर्म र मातृशक्तिको आराधना
काठमाडौँ । कार्तिक कृष्ण औंसीका दिन मनाइने लक्ष्मीपूजा हिन्दू धर्मावलम्बीहरूको लागि अत्यन्त महत्वपूर्ण पर्व हो । धन र समृद्धिको प्रतीकका रूपमा मात्र नभई, मातृशक्ति, मुक्ति र भुक्तिको प्रतीकका रूपमा पनि माता लक्ष्मीको आ...
ग्यास सिलिन्डर विस्फोट हुँदा विश्वकर्माको मृत्यु
बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६, रुपदलापुरमा ग्यास सिलिन्डर विष्फोट हुँदा एकजना युवकको मृत्यु भएको छ । ओडवलिया चोकस्थित रामसरण ग्रिल उद्योगमा काम गरिरहेका २८ वर्षीय गोविन्द विश्वकर्मा ग्यास सिलिन्डर पड्किँदा गम्भीर घाइते भएका थिए । उपचा...
सैपाल केन्द्रविन्दु भएर गयो भूकम्प
बाजुरा । बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । छिमेकी जिल्ला बझागको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर आइतबार मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर...
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो तराई भ...
देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच ६ बुँदे सहमति, मृतकलाई शहीद घोषणा गरिने
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा १० साउनमा भएको गोलीकाण्डका सम्बन्धमा सरकार र पीडित परिवारबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङ र दुवै पीडित परिवारबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो ।



