सरकारले उपत्यकाका नदी किनारबाट विस्थापित प्रतिपरिवारलाई २५ हजार दिने
काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाका विभिन्न नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू हटाउँदा विस्थापित हुने परिवारलाई राहत स्वरूप एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले विस्थापितहरूको व्यवस्थापन र पुनर्स्थापना खर्चबापत सो रकम प्रदान गर्ने निर्णय गरेको हो ।
बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री सस्मित पोखरेलले नदी किनारका असुरक्षित र जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीहरू हटाउने क्रममा वास्तविक विस्थापितहरूको विवरण संकलन र रुजु गरिने बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
विश्व बैंकले नेपालको डिजिटल रूपान्तरणका लागि ५० मिलियन डलर दिने
काठमाडौँ । विश्व बैंकले नेपालको डिजिटल रूपान्तरणका लागि ५० मिलियन डलर दिने भएको छ । हालै वासिङ्टनमा बसेको विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले ‘नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’ अन्तर्गत उक्त सहयोग नेपाललाई दिन...
काठमाडौँ ढाका नियमित उडान गर्ने तयारी
काठमाडौँ । नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौंदेखि बंगलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने तयारी गरेको छ । निगमले आवश्यक तयारी थालेको र त्यसका लागि सम्भाव्यता अध्ययन उपसमिति गठन गरी आवश्यक कार्य भइरहेको जनाएको छ । छिमेकी देश भए पनि ब...
पेट्रोल र डिजेलको मूल्य स्थिर
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको छ । इन्डियन आयल कर्पोरेसन आईओसीबाट नयाँ खरिद मूल्य प्राप्त भए तापनि निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको...
सरकारले जेनजी आन्दोलनका घाइतेलाई जनही १५ हजार रुपैयाँ दिने
काठमाडौँ । सरकारले जनेजी आन्दोलनका घाइतेहरुलाई जनही १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ । आज मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदी...
सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
काठमाडौँ । सरकारी कर्मचारीले अब १५ दिनमै तलब भत्ता पाउने भएका छन् । अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी कर्मचारीलाई १५,१५ दिनमै तलब र भत्ता उपलब्ध गराउन परिपत्र जारी गरेको हो । वैशाख ४ गतेको निर्णयमा मासिक रूपमा दिइँदै आएको तलबलाई अ...
कालंगा हाइड्रोको आईपीओमा २ अर्ब रुपैयाँ संकलन, कतिले दिए आवेदन ?
काठमाडौँ । कालंगा हाइड्रो लिमिटेडको आईपीओमा २ अर्ब २५ लाख २९ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज जेठ १० गते साँझ ५ बजेसम्ममा १७ लाख ७९ हजार ५९३ जनाले २ करोड २५ हजार २९० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरे...



