प्रज्ञा-प्रतिष्ठानमा पुस्तकालयको महत्त्व र पठनसंस्कृति बारे विमर्श सम्पन्न !
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीद्वारा नेपाल लाइब्रेरी फाउन्डेसन,नेपालसँगको सहकार्यमा आयोजित “पठन–संस्कृतिको विकासमा सामाजिक दायित्व” विषयक विचार–गोष्ठी तथा “शब्दचित्रमा नेपाल लाइब्रेरी फाउन्डेसन” स्मारिका–२०८२ को लोकार्पण कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा भव्यतापूर्वक सम्पन्न भएको थियोे ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यक्रमको उद्घाटन तथा स्मारिकाको लोकार्पण गर्दै ' मान्छेको सभ्यता ,संस्कृति ,श्रम र सामूहिक ज्ञानका लागि पुस्तकालय जरुरी रहेको बताउनु भएको थियो ।उहाँले
पठनसंस्कृतिको प्रभाव पुस्तक र पत्रपत्रिकाभन्दा पनि अहिले डिजिटल माध्यम प्रभावकारी देखिन थालेको छ ।त्यसैले पठनपाठन संस्कृति र ज्ञान प्रणालीलाई छापा र डिजिटल दुवै माध्यमसँग जोडेर अघि बढ्दै
पुस्तकालयको प्रबर्द्धन गर्नुपर्ने बताउनुभएको थियोे ।
नेपाल लाइब्रेरी फाउन्डेसनका कार्यकारी निर्देशक यज्ञराज भट्टले 'पठनसंस्कृति विकासमा सामाजिक दायित्व” विषयक
कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमाथि हाम्रो लघुकथा केन्द्रका अध्यक्ष डा. शेखरकुमार श्रेष्ठले सटिक र विश्लेषणात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो।
नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले पुस्तकालयको महत्त्व दर्साउँदै पठनसंस्कृति आआफ्नो आवश्यकताअनुसार हुने तर्क राख्नुभएको थियोे। उहाँले नेपाली भाषा र वर्णनविन्यास लेखनबारे एकरूपता कायम गर्ने गरी अनुसन्धान हुन थालेको कुरा धन्यवाद मनतव्यमा राख्नुभएको थियोे ।
सभाध्यक्ष,प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य समालोचना र साहित्येतिहास विभाग प्रमुख डा. मधुसूदन गिरीले गर्नुभएको थियो। उहाँले छापामाध्यममा पठनसंस्कृति कम हुँदै गएर डिजिटल पठनसंस्कृतिको प्रभाव बढिरहेको छ।एकसाथ दुवै माध्यमको पठनसंस्कृतिमा पाठकलाई आकर्षित गर्ने गरी अघि बढ्नुपर्ने कुरा कार्यक्रम समापन मनतव्यमा बताउनुभएको थियोे ।
नेपाल लाइब्रेरी एसोसिएसनका अध्यक्ष पुष्पराज सुवेदीले ''शब्दचित्रमा नेपाल लाइब्रेरी फाउन्डेसन स्मारिका–२०८२” का बारेमा टिप्पणी गर्नुभएको थियोे।
नेपाल लाइब्रेरी फाउन्डेसनका अध्यक्ष डा. छायादत्त न्यौपानेले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य राख्दै पुस्तकालय ज्ञान र अध्ययनको स्रोत भएकाले घरघरमा पुर्याउन जोड दिनुभएको थियोे ।कार्यक्रममा फाउन्डेसनका सल्लाहकार केशवप्रसाद पराजुलीका साथै सहभागीका
तर्फबाट भगवानचन्द्र ज्ञवाली ,
विक्रममणि त्रिपाठी ,अच्युतप्रसाद पौडेल चिन्तन,दुर्योधन बस्नेत ,शान्ता काफ्ले,सिर्जना सरोबर ,प्रेमराज अधिकारी लगायतले प्रश्न तथा जिज्ञासा प्रस्तुत गर्नुभएको थियोे ।
फाउन्डेसनका महासचिव धनकुमार श्रेष्ठले कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियोे। फाउन्डेसनका सचिव शेखर अर्यालले कार्यक्रमको उद्घोषण गर्नुभएको थियो।कार्यक्रममा प्राज्ञ, लेखक, पुस्तकालयकर्मी, शिक्षक, विद्यार्थी तथा जिज्ञासुहरूको उपस्थिति रहेको थियोे।
©समाचार सम्प्रेषण प्राज्ञ चेतनाथ धमला
एक्सप्रेस
सम्बन्धित खबर
साहित्य सन्ध्याको ४७८औँ शृङ्खला सम्पन्न, आर्थिक-सामाजिक अवस्था समेट्न साहित्यकारलाई आग्रह
काठमाडौँ । साहित्य सन्ध्याको ४७८औँ नियमित मासिक शृङ्खलामा शनिबार ‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’ विषयक छलफल तथा कविगोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैँकका पूर्वगभर्नर डा। दीपेन्द्रबहादुर क्षेत्रीले वर्तमान आर्थिक अवस्थाको विश्ले...
लघुकथाकार गोपीराम भण्डारीको अवरुद्ध आवाज लोकार्पण
काठमाण्डौँ । सुरभि साहित्य प्रतिष्ठानले गोपीराम भण्डारीको लघुकथासङ्ग्रह अवरुद्ध आवाजको लोकार्पण गरेको छ । लोकप्रिय समालोचक युवराज मैनालीको अध्यक्षता र समालोचक प्राडा खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । ग्रीनलिफ फुड पुतलीसडक...
नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रज्ञा पुरस्कार-२०८२ घोषण !
काठमाडौँ ,कमलादी।२०८३ वैशाख १०, गते ,बिहीवार।नेपाल प्रज्ञा-प्रतिष्ठानले हरेक वर्ष भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजिकशास्त्र विधाका विभिन्न प्रज्ञा पुरस्कारहरू-२०८२ घोषणा गरेको छ।साथै,यसपटकदेखि प्रज्ञा प्रादेशिक पुरस्कार समेत प्रारम्भ ग...
फिदिम माविमा ‘विद्यालयमा कुलपति’ शृङ्खलाअन्तर्गत अन्तरक्रिया तथा कविगोष्ठी सम्पन्न
पाँचथर ,फिदिम। नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको उपस्थितिमा पाँचथर सदरमुकाम फिदिमस्थित फिदिम माध्यमिक विद्यालयमा बिहीबार अन्तरक्रिया तथा कविगोष्ठी सम्पन्न भएको छ।
‘विद्यालयमा कुलपति’ शृङ्खलाअन्तर्गत आयोजित उक्त...
पहिलोचोटि नेपाल प्रज्ञा-प्रतिष्ठान 'प्रज्ञा-नारी काव्य सङ्गोष्ठी'सहित दार्चुलामा सम्पन्न
दुरबिन शर्मा विवेक
मिडियाबाजी डटकम, काठमाडौँ। २०८२ चैत ७ गते , शनिबार दार्चुला ,खलङ्गामा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा 'सुदूरपश्चिम प्रदेशस्तरीय प्रज्ञा-नारी काव्य सङ्गोष्ठी ,गायन,कार्यपत्र प्रस्तुति तथा पूर...
तृषित मन' हाइकु / सेन्युसङ्ग्रहको लोकार्पण
काठमाडौँ। कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा निकै लोकप्रिय देखिन्छ। हाइकु र सेन्युको सङ्क्षिप्तता र गुणवेत्ताका प्रभावले नेपाली साहित्यमा सयौँ हाइकुकार र केही सेन्युकारहरू देखा परिरहेका छन् ।यसै क्रममा काठमाडौँका ६६ वर्षीय प्रदीप के...



