टी-२० विश्वकप : न्युजिल्यान्डले श्रीलंकालाई हराउँदा थप कमजोर बन्यो पाकिस्तानको सम्भावना
काठमाण्डौँ । जारी टी-२० विश्वकपअन्तर्गत सुपर ८ को महत्त्वपूर्ण खेलमा श्रीलंकालाई ६१ रनले हराउँदै न्युजिल्यान्डले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । योसँगै पाकिस्तान अर्को चरणमा पुग्ने सम्भावना भने अझ कमजोर बनेको छ। बुधबार भएको खेलमा जितले न्युजिल्यान्ड सेमिफाइनल पुग्ने सम्भावना बढेको छ भने श्रीलंका भने प्रतियोगिताबाट बाहिरियो ।
समूह दुईमा रहेका पाकिस्तान, श्रीलंका, न्युजिल्यान्ड र इङ्ग्यल्यान्डले अहिलेसम्म दुई-दुई खेल खेलेका छन् । इङ्ंग्ल्यान्डले दुवै खेल जितेर चार अंकसहित सेमिफाइनलमा स्थान बनाइसकेको छ भने न्युजिल्यान्डले दुई खेलपछि तीन अंक बनाएको छ। पाकिस्तानले पनि दुई खेल खेलेको छ, एउटा खेल इङ्ग्ल्यान्डसँग हार्यो भने न्युजिल्यान्डविरुद्धको खेल वर्षाका कारण रद्द भयो।
पाकिस्तानसँग हाल एक अंक मात्र छ। अब शुक्रबार इङ्ग्यल्यान्डले न्युजिल्यान्डलाई ठुलो अन्तरले हराएमा र शनिबार पाकिस्तानले श्रीलंकालाई जितेमा मात्र पाकिस्तान सेमिफाइनलमा पुग्न सक्छ। यद्यपि यस अवस्थामा पनि समूह २ बाट सेमिफाइनलमा पुग्ने दोस्रो टोली रनरेटका आधारमा निर्णय गरिनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
स्थगित विश्वकप लिग–२ का खेल वैशाख १२ देखि काठमाडौंमा हुने
काठमाडौँ । नेपालमा हुने तय भएर स्थगित भएको आईसीसी विश्वकप लिग–२ अन्तर्गतका खेल आगामी वैशाख १२ देखि २२ गते अप्रिल २५ देखि मे ५ सम्म काठमाडौंमा सञ्चालन हुने भएका छन् । त्यसलगत्तै वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म अर्को शृङ्खला पनि आयोजना गरिने तालिका स...
मेस्सीको ऐतिहासिक कीर्तिमानसँगै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा
काठमाडौँ । कप्तान लियोनल मेस्सीको उत्कृष्ट लय र ऐतिहासिक कीर्तिमानको मद्दतमा साविक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । नेपाली समय अनुसार आज सम्पन्न समूह ‘जे’ को रोमाञ्चक खेलमा अर्जेन्टिनाले युरोपेली प्रतिद्वन्...
आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : खेल तालिका सार्वजनिक
काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले नेपालमा आयोजना हुने आइसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ । उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । क्यानले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’...
पाकिस्तानद्वारा टी-२० विश्वकपको खेल बहिष्कार
काठमाडौँ । पाकिस्तानले टी-२० विश्वकपको कम्तीमा एक खेल बहिष्कार गर्ने भएको छ । पाकिस्तान सरकारले आफ्नो क्रिकेट टोलीले टी-२० विश्वकपमा फेब्रुअरी १५ मा भारत विरुद्धको खेल बहिष्कार गर्ने घोषणा गरेको छ ।
आइसिसी टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत...
त्रिवि क्रिकेट रंगशाला ३५ दिनभित्र खाली गर्न अल्टिमेटम
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले त्रिवि क्रिकेट रगंशाला खाली गर्न नेपाल क्रिकेट संघ ९क्यान०लाई ३५ दिने अल्टिमेटम दिएको छ । अतिक्रमित जग्गा फिर्ता ल्याउन गत ४ वैशाखमा त्रिविले ३५ दिनको सूचना जारी गरेकोमा सो अन्तर्गत क्रिकेट रगंशाला पनि परेको छ ।...
एक्सनमा उत्रियो इजिप्ट, अर्जेन्टिना विरुद्धको खेलका रेफ्रीलाई विश्वकपबाट हटाउन माग !
काठमाण्डौँ । विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिनासँग ३-२ ले पराजित भएपछि इजिप्ट फुटबल संघ आक्रामक रूपमा एक्सनमा उत्रिएको छ ।
मैदानभित्रको नतिजालाई भिडियो असिस्टेन्ट रेफ्री भीएआरको विवादास्पद निर्णयले उल्ट्याएको भन्दै...



