साँखुस्थित शालीनदीमा स्वस्थानी व्रत कथा तथा माधवनारायणको मेला सुरू
काठमाण्डौँ । आजदेखि स्वस्थानी व्रत कथा तथा माधवनारायणको मेला सुरू भएको छ । हरेक वर्ष काठमाडौंको साँखुस्थित शालीनदीमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यो मेला लाग्ने गर्छ। पहिलो दिन बिहानै शालीनदीमा पूजा तथा स्नान गर्नेको उल्लेख्य उपस्थिती रहेको देखिन्छ ।
यस अवसरमा व्रतालुहरू विशेषगरी शाली नदीमा स्नान तथा तीर्थयात्राका लागि जाने गर्दछन्। माघ महिनाभर शाली नदी क्षेत्रमा भक्तजनहरूको उल्लेख्य भीड लाग्ने गर्दछ।
एक्सप्रेस
सम्बन्धित खबर
कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसीमा झरेनन् माथिल्लो मुस्ताङी
मुस्ताङ । अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो। हिउँदयामको कात्तिक अगावै माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न र घुम्ती व्यापार–व्यवसाय चलाउन बेँसीमा झर्दथे । माथिल्लो...
महाशिवरात्रि तयारी तीव्र : पशुपतिनाथ चम्किँदै
काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा रङरोगन, सरसफाइ तथा पूर्वाधार सुधारका काम सुरु गरिएको छ । भक्तजनलाई सहज र सुरक्षित दर्शन गराउन विशेष तयारी भइरहेकामा पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको...
चिलिमे तातोपानीमा स्नान गर्नेको घुइँचो
रसुवा । रसुवास्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा पुनः वृद्धि हुन थालेको छ । तातोपानीमा स्नान गरेमा विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ । २०७२ साल वैशाख १२ को विनासकारी भूकम्पले आमाछोद...
फेरि नयाँ मौसमी प्रणाली भित्रिँदै, पूर्वका दर्जनौँ जिल्लामा भारी वर्षाको सम्भावना
काठमाडौँ । अरब सागरमा बनेको मौसमी प्रणालीका कारण देशका विभिन्न स्थानमा हाल वर्षा र हिमपात भइरहेको छ । सो प्रणाली बाहिरिएर बुधबारेदेखि सुधार आउने भए पनि बिहीबार साँझदेखि फेरि अर्को मौसम प्रणाली भित्रिने भएको छ । मौसमविद...
सरकारसँग छ बुँदे सहमतिपछि टुट्यो डा. निकोलस र हरिशको अनशन
काठमाडौँ । सरकारले डा निकोलस भुसाल र हरिश विष्टसँग छ बुँदे सम्झौता गरेसँगै उनीहरूको ११ औँ दिनको अनशन अन्त्य भएको छ । शुक्रबार सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल तथा अनशनरत डा भुसाल र विष्टबीच सम्झौतापत्रमा हस्ताक्षर भएको...
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बाप्र०३&nda...



