गुरुङ र किलो १ को शङ्कास्पद कुराकानी !
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद सुधन गुरुङले जेनजी आन्दोलनको चरम दिन भदौ २४ गते काठमाडौँका उपत्यका (किलो १) का तत्कालीन प्रहरी प्रमुख एसएसपी विश्वराज अधिकारीसँग पटक–पटक टेलिफोन संवाद गरेको तथ्य सार्वजनिक भएको छ।।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा समावेश ‘कल डिटेल रेकर्ड’ (सीडीआर) विश्लेषणअनुसार दुवैबीच उक्त दिन दुई पटक सम्पर्क भएको देखिएको छ। प्रतिवेदनले एसएसपी अधिकारीको मोबाइल नम्बर ९८५१२८०३५५ र गुरुङको ९८०१०६६१११ बीच संवाद भएको उल्लेख गरेको छ।
सुरक्षा स्रोतहरूको विश्लेषणअनुसार डिस्कर्ड प्लेटफर्ममा सञ्चालन भएका ‘युथ एगेन्स्ट करप्सन’ र ‘युवा हब’ नामक सर्भरहरू आन्दोलनका क्रममा सक्रिय रहेका थिए। ती माध्यमबाट नेताहरूको घर, पार्टी कार्यालय, सरकारी संरचना तथा निजी प्रतिष्ठानमा आक्रमण गर्ने योजनाहरू बनाइएको दाबी गरिएको छ। यही सन्दर्भमा आन्दोलनकारीलाई सक्रिय बनाउने र सुरक्षा संयन्त्रलाई अन्यत्र व्यस्त राख्ने रणनीतिअन्तर्गत प्रहरीसँग सम्पर्क गरिएको हुनसक्ने अनुमानसमेत गरिएको छ।
३८ वर्षीय गुरुङ भदौ २३ को प्रदर्शनका औपचारिक आयोजक नभए पनि ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका संस्थापक अध्यक्षका रूपमा माइतीघर क्षेत्रमा प्रदर्शनकारीलाई पानी वितरण गर्दै देखिएका थिए। तर, आन्दोलन क्रमशः उग्र बन्दै सत्ताविरुद्धको स्वरमा परिणत भएपछि उनले आफूलाई जेनजी आन्दोलनको अगुवा रूपमा प्रस्तुत गरेका थिए।
यद्यपि, भदौ २४ गते भएको हिंसात्मक घटनाको जिम्मेवारी उनले औपचारिक रूपमा लिएका छैनन्। प्रतिवेदनले उनी र प्रहरी प्रमुखबीचको संवादको उद्देश्यबारे स्पष्ट निष्कर्ष निकालेको छैन।
एक्सप्रेस
सम्बन्धित खबर
इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते
काठमाडौँ । ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । आइतबार बिहान करिब १० बजे हरिसिद्धिस्थित होसना इँटाभट्टामा पर्खाल भत्किँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
पर्खालको...
वीरगञ्जमा दुई युवामाथि छुरा प्रहार
पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं १६ घुसुकपुरमा मंगलबार साँझ दुई जना युवामाथि धारिलो हतियार प्रहार भएको छ । घरअगाडि आगो ताप्दै बसेका विकास महतो र सुरज महतोलाई उनीहरूकै छिमेकीले धारिलो हतियार प्रहार गरी घाइते बनाएका हुन्। घाइते दुवै जनाको वीरगन्ज...
रौतहटमा सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारको निर्देशन
काठमाडौँ । सरकारले रौतहटको घटनामा जिल्ला सुरक्षा समितिलाई जिल्लाका सबै निकायहरुकोबीचमा उचीत समन्वय कायम गरेर जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिएको छ । शनिबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले रौतहटमा भएको घटनामा सबैलाई उच्च संय...
पशुपतिमा चिम्टाले हानेर युवकको हत्या, १ भारतीयसहित २ जना पक्राउ
काठमाण्डौा । पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको हत्या गरेको अभियोगमा एक भारतीयसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । यही फागुन ६ गते राति पशुपति–१५ शिवालय मन्दिरको उत्तरतर्फबाट दोस्रो मन्दिरभित्र सङ्खुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी मृतावस्...
ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्
काठमाडौँ । जिल्ला ट्राफिक कार्यालय चितवनले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका कागजपत्र फिर्ता लैजान अनुरोध गरेको छ । ट्राफिक नियम उल्लङ्घनको अभिलेख प्रणाली लागू भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका आठ हजार ९८२ वटा...
पैदलयात्रीलाई मुक्का हान्ने कार चालक पक्राउ
काठमाडौँ । पैदलयात्रीलाई कुटपिट गरेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति पारस बम रहेको ट्राफिक प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीका अनुसार उक्त घटना महाराजगञ्जस्थित चप्पल कारखाना अगाडिको सडकमा भएको हो...



