बुधबार, २४ भदौ २०८३
नेपाली

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

Main News Image

काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले यही माघ १८ गतेदेखि सर्वसाधारणका लागि जारी गर्ने भएको छ । कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।

यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १३ लाख ७९ हजार ३५० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावितका लागि ६ लाख ८९ हजार ६७५ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ६८ लाख ९७६ कित्ता बाँडफाँट गरिसकेको छ ।

कम्पनीले बाँकी सेयरमध्ये १३ हजार ७९३ कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि र ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख ७२ हजार ४३१ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । यस आईपीओमा माघ २१ गतेसम्म न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।


mediabaaji add

सम्बन्धित खबर

मंगलबार विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६० पैस...

निरन्तर बढ्दै सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार ३०० रुपैयाँले उकालो लागेको हो । अघिल्लो दिनपनि सुनको मूल्य ९ हजार ३०० रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १६ हजार ७०० रु...

आज सामान्य अंकले बढ्यो नेप्से, ८ अर्ब २२ करोडमा झर्‍यो कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १.५३ अंकले बढेर २६९५.७३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३० कम्पनीको १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २२ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज  ११४ कम्पनीको से...

केरुङ जोड्ने चिनियाँ राष्ट्रिय राजमार्ग खुलाउने प्रयास, १६ जनाको मृत्यु र ५४६ बेपत्ता

काठमाडौँ । नेपालतर्फको उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किएर आएको बाढीपहिरोका कारण क्षतिग्रस्त भएको तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहतर्फ जाने प्रमुख राष्ट्रिय राजमार्ग पुनः सञ्चालनका लागि चिनियाँ प्राविधिक तथा उद्धार टोलीले प्रयास तीव्र...

नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटल बिच मेडिकल सेवा सम्झौता सम्पन्न

काठमाण्डौँ । आकर्षक बोनसदर सहित विगत ३७ वर्ष देखी जीवन बीमा व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना प्रस्तावकहरुलाई आवश्यक पर्ने मेडिकल रिपोर्टका लागि छिटो छरितो...

बागमती प्रदेशमा घर जग्गा कारोबार घट्दै, राजस्व संकलनमा २३.६ प्रतिशतले गिरावट

काठमाडौँ । बागमती प्रदेशमा घरजग्गा कारोबार निरन्तर घट्दा राजस्वमा असर परेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।  नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार घर, भवन नक्सापास कमी आउँदा राजस्व पनि घटेको देखिएको छ । प...