बागमती प्रदेशमा घर जग्गा कारोबार घट्दै, राजस्व संकलनमा २३.६ प्रतिशतले गिरावट
काठमाडौँ । बागमती प्रदेशमा घरजग्गा कारोबार निरन्तर घट्दा राजस्वमा असर परेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार घर, भवन नक्सापास कमी आउँदा राजस्व पनि घटेको देखिएको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०र८१ मा बागमती प्रदेशमा घरजग्गा कारोबार र निर्माण क्षेत्रमा ठुलो गिरावट आएको छ ।
घरजग्गा रजिष्ट्रेशन संख्या र यसबाट आउने राजस्व घटेको २०८२ असारसम्म घरजग्गा रजिष्ट्रेशन संख्या २५ प्रतिशतले घटेर ९८ हजार ६४८ पुगेको प्रतिवेदनमा रहेको छ । अघिल्लो आर्थिक वर्ष २०८१ असारसम्म यो सङ्ख्या १ लाख ३१ हजार ४५१ थियो । त्यस अघिको वर्षको सोही अवधिमा पनि घरजग्गा रजिष्ट्रेशन १८.१० प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।
घरजग्गा रजिष्ट्रेशनबापत संकलन हुने राजस्वमा पनि २३.६ प्रतिशतले कमी आएको छ । घरजग्गा रजिष्ट्रेशनबापत २०८१ असारमा १ खर्ब ८२ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन भएकोमा आर्थिक वर्ष २०८२ असारसम्ममा यो घटेर १ खर्ब ३९ अर्ब ६४ करोड रुपैयाँमा आएको छ । यस्तै घर तथा भवनको स्थायी नक्सापास पनि घटेको छ । २०८१ असारबाट २०८२ असारसम्म १.७ प्रतिशतको सामान्य गिरावट देखिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख भएको हो ।
आर्थिक वर्ष २०८१ असारमा १ लाख ३१ हजार ७६५ घर तथा भवनका नक्सा पास भएकोमा २०८२ असारसम्म यो संख्या १ लाख ३० हजार १३९ मा झरेको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
एक्सप्रेस
सम्बन्धित खबर
ओरालो लाग्यो सुनको भाउ, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । पश्चिम एसियामा जारी युद्धसँगै सुनको भाउ निरन्तर घट्दो क्रममा रहेको छ । नेपाली बजारमा सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ६ हजार ५०० रुपैयाँ कम हो । नेपाल सुनचाँदी व्यवसायी मह...
वर्षा कम हुँदा धान रोपाइँ सुस्त, देशभर ११.३३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न
काठमाडौँ । अपेक्षाअनुसार वर्षा नहुँदा यस वर्ष देशभर धान रोपाइँको गति सुस्त देखिएको छ । कृषि विभागको पछिल्लो तथ्यांकअनुसार असार १२ गतेसम्म देशभर ११.३३ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४.२७ प्रतिशत बिन्दुले...
कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुने, कतिले पाउँछन् शेयर ?
काठमाडौँ । कालंगा हाइड्रो लिमिटेडको आईपीओ बुधबार बाँडफाँड हुने भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड आईपीओ बुधबार बिहान बाँडफाँड गर्ने गरी तयारी भइरहेको जनाएको हो । यसअवधिमा धेरै लामो सार्वजनिक बिदा परेक...
बजारमा खाना पकाउने ग्यासको अभाव, निगमले थाल्यो केन्द्रीय कार्यालयबाटै बिक्री वितरण
काठमाडौँ । बजारमा खाना पकाउने ग्यास एलपीजीको अभाव भएको गुनासो बढ्दै गएपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित केन्द्रीय कार्यालयबाटै ग्यास बिक्री वितरण सुरु गरेको छ । विभिन्न डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताबाट निरन्तर गुनासो आएपछि...
अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब, वृद्धिदर ४.६१ प्रतिशत
गत आर्थिक वर्ष २०८१र८२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब २२ करोड बराबर देखिएको छ।
अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार गत आवमा कुल १८ खर्ब ६०...
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४६ पैसा र...



