गृहमन्त्री र मेयरबीच तीव्र मतभेद : गृहमन्त्रीका अनुसार बालेनको कदम आपराधिक
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहबीचको तिक्तता सार्वजनिक रूपमा देखिन थालेको छ । सोमबार थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्री अर्यालले डोजर चलाउने काठमाडौँ महानगरको कदमलाई ‘अपराधसँग मिल्दोजुल्दो कार्य’ भनेका छन् । मेयर बालेनको निर्देशनमा महानगर प्रहरीले सार्वजनिक जग्गा मिचिएको आरोपमा सो कार्यालयको एक भागमा आइतबार डोजर लगाएको थियो। तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले ‘स्थानान्तरणका लागि समय आवश्यक पर्ने’ भन्दै तत्काल कारबाही रोक्न पत्राचार गरेपछि महानगरले डोजर फिर्ता गरेको थियो।
वरिष्ठ अधिवक्ता समेत रहेका गृहमन्त्री अर्याल यसअघि मेयर बालेनका कानुनी सल्लाहकार पनि थिए । तर पछिल्ला महिनाहरूमा उनीहरूबिच दूरी बढ्दै गएको देखिन्छ। हालै मेयर बालेनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष गृहमन्त्री अर्याललाई हटाउन दबाव दिएको भन्ने समाचारहरू सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले वक्तव्य जारी गरी त्यसबारे स्पष्टीकरण दिएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
ओली भन्छन्-अझै निष्पक्ष निर्वाचनको वातावरण बनेको छैन
काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन् । शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी’कार्यक्रममा अध्यक्ष ओलीले देशमा आई परेको संकटबाट मुक्ति द...
आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गर्न डा. शेखरको प्रस्ताव
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले २०८२ पुस मसान्तसम्ममा १५ औं महाधिवेशन गरेर निर्वाचनको तयारीमा लाग्नुपर्ने प्रस्ताव गरेका छन् । शुक्रबार काठमाडौमा उपलब्ध जिल्ला सभापति तथा पूर्व सभापतिहरुसँगको...
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँ : वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले जनताको नजिक रहेर जनता केन्द्रित काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भानु नगरपालिका–५ नागनगिनी, तनहुँमा आज आयोजित मतदातासँग भेटघाट कार्यक्रममा...
जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिट खारेज
काठमाडौँ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भ...
केपी ओलीलाई अनुमति बिना काठमाडौं छाड्न लगाइएको प्रतिबन्ध फुकुवा
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ । भदौ २३ र २४ गतेको आन्दोलनका घटनाको छानबिन तथा जाँचबुझ आयोगले ओलीलाई अनुमति बिना काठमाडौं उपत्यका छाड्न र विदेश जान रोक लगाएकोमा अब सो स्थान हद फुकुवा ग...
एमाले नेता भट्टचन हिरासतबाट छुटे
काठमाडौँ । आर्थिक हिनामिनामा मुछिएका नेकपा एमाले नेता देवीप्रकाश भट्टचन हिरासतबाट छुटेका छन् । भट्टचनलाई अदालतले थुनामा राख्न म्याद नदिएपछि थुनामुक्त भएका हुन । उनलाई अदालतले हिरासत बाहिरै राखेर अनुसन्धान गर्न छुट दिएक...



