जापानको आणविक मोह प्रति रुसको कडा चेतावनी
काठमाडौँ । जापानले आणविक हतियार प्राप्त गर्ने विषयमा आन्तरिक छलफल सुरु गरेको भन्दै रुसले त्यसको कडा शब्दमा विरोध गरेको छ । रुसी उप विदेशमन्त्री आन्द्रे रुडेन्कोले जापानको यस्तो कदमले उत्तरपूर्वी एसियाको सुरक्षा सन्तुलन बिगार्ने चेतावनी दिएका हुन् ।
तास समाचार एजेन्सीसँग कुरा गर्दै रुडेन्कोले भने, मस्को जापानमा चलिरहेको गैर(परमाणु सिद्धान्तहरूसँग सम्बन्धित संवैधानिक प्रावधानहरूमा सम्भावित परिवर्तनको छलफलका बारेमा जानकार छ । हामी यस विषयमा स्पष्ट रूपमा चासो व्यक्त गर्दछौँ र यसको आलोचना गर्दछौँ। उहाँले जापानको सैन्यीकरणले यस क्षेत्रको अवस्था अझ खराब बनाउने र यसले खतरा महसुस गर्ने देशहरूबाट कडा प्रतिकार निम्त्याउने समेत बताए ।
यस हप्ताको सुरुमा जापानको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले जापानसँग आणविक हतियार हुनुपर्ने धारणा राखेका थिए । यो जापानको लामो समयदेखिको संवैधानिक गैरआणविक सिद्धान्त र अडान विपरीत रहेको भन्दै अन्तर्राष्ट्रिय स्तरमा यसले विवाद सिर्जना गरेको छ । दोस्रो विश्वयुद्धपछि जापानले आणविक हतियार नबनाउने, नराख्ने र भित्र्याउन नदिनेु नीति लिँदै आएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक जेम्सको निधन
काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकमध्ये एक जेम्स वाटसनको निधन भएको छ। उनी ९७ वर्षका थिए । कोल्ड स्प्रिङ हार्बर प्रयोगशालाले वाटसनको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । वाटसनले त्यहाँ धेरै दशकदेखि क...
अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि बढाए भन्सार दर
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यापारिक साझेदारहरूमाथि भन्सार दर पुनः बढाउने घोषणा गरेका छन् । ट्रम्पले गत वर्षको अप्रिलमा सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र मुख्य प्रतिस्पर्धीहरूलाई लगाएको थप भन्सार दर अमेरिकी सर्वोच्च...
श्रीलङ्कामा पर्यटन अभियान, ३० लाख पर्यटक भित्र्याउने लक्ष्य
काठमाडौँ । श्रीलङ्का पर्यटन विकास प्राधिकरण एसएलटीडीएले सन् २०२६ का लागि आफ्नो राष्ट्रिय पर्यटन लक्ष्यहरू पूरा गर्न विशेष अभियान शुरू गरेको वरिष्ठ अधिकारी बुद्धिका हेवासमले शुक्रबार बताएका छन् । एसएलटिडिएकी अध्यक्ष हेवासमले परम्परागत रूपमा पर्यटक...
भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प : राजधानी काराकाससहित विभिन्न सहरमा ठूलो विनाश
काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा बुधबार साँझ भीषण प्राकृतिक विपत्ति आइलागेको छ । देशको इतिहासकै विनाशकारी मानिएको यस विपत्तिमा केही सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा शक्तिशाली भूकम्प गएका छन् ।
लगातारको तीव्र...
इरान-अमेरिका शान्ति वार्ता निष्कर्षविहीन
काठमाडौँ । अमेरिका र इरानबीच पाकिस्तानमा २१ घण्टासम्म चलेको उच्चस्तरीय शान्ति वार्ता निष्कर्षबिहीन भएको छ । पाकिस्तानको मध्यस्थतामा भएको वार्तामा सहमति नजुटेपछि अमेरिकी टोली अब पाकिस्तान छोड्ने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी...
जापानमा गयो ७.२ म्याग्निच्युडको भूकम्प, ४ जना घाइते
काठमाडौँ । उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प आउदाँ कम्तीमा चार जना घाइते भएको जनाइएको छ । जापान मौसम विज्ञान एजेन्सी र स्थानीय अग्निशमन विभागले विज्ञप्ति जारी गर्दै भूकम्प इवाटे प्रान्तको प्रशान्त तटमा ४४ किलोमिटर गहिराइमा आएको...



