शुक्रबार, ०१ साउन २०८३
नेपाली

हेटौंडा बजारमा सडक विस्तार सुरु, यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने

Main News Image

हेटौंडा । पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथअन्तर्गत हेटौंडा बजार क्षेत्रमा सुरु भएको सडक विस्तारका कारण यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले मुख्य बजार क्षेत्रमा निर्माण कार्य तीव्र रूपमा अघि बढाएपछि सवारी आवागमन प्रभावित नहोस् भनी अस्थायी रुट परिवर्तनको व्यवस्था गरेको हो ।

काठमाडौँ र चितवनतर्फ जाने सवारी साधनका लागि हेटौंडा १ स्थित चौकीटोल तिरतिरे धारा बाट राप्ती पुल हुँदै रातोमाटे निकाल्ने निर्णय गरिएको छ। पूर्वतर्फबाट प्रवेश गर्ने सवारीलाई समेत रातोमाटेदेखि नै डायभर्ट गरिने तयारी कार्यालयले पूरा गरिसकेको छ । कार्यालय प्रमुख गुरु प्रसाद अधिकारीका अनुसार सडक विस्तार तथा मर्मत कार्य चरणबद्ध रूपमा अघि बढाइँदैछ। ‘मुख्य बजार क्षेत्रमा निर्माण जारी रहने भएकाले वैकल्पिक मार्ग प्रयोग गरेर मात्रै सवारी चलाइनेछ,’ अधिकारीले बताए। उनका अनुसार रातोमाटे(त्रिवेणीधाम(राप्ती पुल मार्गलाई मुख्य वैकल्पिक रुटका रूपमा प्रयोग गरिनेछ।

यस्तै, काठमाडौं वा नारायणगढबाट आएका र वीरगन्जतर्फ लाग्ने सवारीलाई मुख्य बजार क्षेत्रमै नल्याई वैकल्पिक बाटोतर्फ मोडिने व्यवस्था मिलाइएको छ। पूर्वतर्फ जाने सवारीलाई राप्ती पुल(त्रिवेणी–रातोमाटे मार्ग प्रयोग गराइने छ भने पश्चिमतर्फ चितवन वा काठमाडौंतर्फ जाने सवारीलाई पुनः रातोमाटे–राप्ती पुल हुँदै नै चलाइनेछ।

कान्ति र मदन भण्डारी लोकमार्गतर्फ जाने सवारीलाई पनि कमाने हुँदै रातोमाटे पुर्‍याउने योजना अगाडि सारिएको छ। वैकल्पिक रुट सञ्चालनयोग्य बनाउन खाल्डाखुल्डी पुर्ने, ग्राभेल प्याक गर्ने लगायतका काम शुरु भइसकेको अधिकारीले बताए ।

mediabaaji add

सम्बन्धित खबर

कोशी र गण्डकी प्रदेशको हिमाली भागमा हिमपातको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । साथै, कोशी र गण्डकी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका एक दुई...

काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

काठमाडौँ । काठमाडौंका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका सा...

आज राष्ट्रिय भाक्का दिवस मनाइँदै

काठमाडौँ । राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायले प्रत्येक वर्ष पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवसका रूपमा मनाउँदै आएका छन् । यो वर्ष पनि विभिन्न स्थानमा प्रवद्र्धनात्मक कार्यक्रमसहित भाक्का दिवस मनाइँदै छ ।

पहिले को...

उपभोक्ता अदालत महिनौँदेखि नेतृत्वविहीन, उपभोक्ता मर्कामा

काठमाडौँ । आम उपभोक्तालाई न्याय दिने उद्देश्यले गएको चैतमा स्थापना गरिएको उपभोक्ता अदालत छ महिनादेखि नेतृत्वविहीन छ । अदालतको नेतृत्व नै नरहँदा न्याय सम्पादन प्रभावित भएको छ ।

बजार भाउ नियन्त्रण गर्ने, उपभोक्ता ठगी रोक्न र अन्यायमा परेका उपभ...

आगलागीबाट दैनिक क्षति, सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ६ मङ्सिरमा देशभर १८ विपद्का घटना भए । त्यसमा आगलागीका मात्र १५ घटना थिए । उदयपुर, रौतहट, बारा, काठमाडौँ र कपिलवस्तुमा आगलागीका दुई–दुईव...

अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना

काठमाण्डौँ । चोरले संयुक्त राज्य अमेरिका पुर्याएको १३औँ शताब्दीको शाक्यमुनि बुद्धको प्रस्तर मूर्ति स्थानीय न्हुच्छेवहालमा विधिपूर्वक पुनःस्थापना गरिएको छ। काठमाडौं महानगरपालिका, पुरातत्व विभाग तथा सम्पदा अभियन्तालगायतको समन्वयमा हालै त्यहाँ उक्त म...