शनिबार, ०२ साउन २०८३
नेपाली

जनपक्षीय विद्यार्थी युनियनको शैक्षिक हड्ताल घोषणाले उपत्यकाका निजी विद्यालय बन्द

Main News Image

काठमाडौँ । जनपक्षीय विद्यार्थी युनियन, नेपालले उपत्यकाव्यापी शैक्षिक हड्ताल घोषणा गरेसँगै निजी विद्यालयहरूमा आज पठन पाठन नहुने भएको छ ।  विद्यालयहरुले धमाधम अभिभावकहरुलाई सूचना जारी गर्दै विद्यालय बन्द गरिएको जनाएका छन् । उनीहरुले विद्यालयको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन तथा समग्र शैक्षिक वातावरणको संरक्षणका लागि विद्यालय बन्द रहने निर्णय गरिएको जानकारी गराएका छन् ।  

निजी विद्यालयका छाता संस्थाहरूले भने विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने भन्ने बारेमा औपचारिक निर्णय गरेका छैनन् । प्याब्सन र एनप्याब्सनले सम्बन्धित विद्यालयलाई नै निर्णय गर्न भनेका छन् । आइतबार बसेको उनीहरुको छलफल बिना निर्णय टुंगिएको थियो ।  यता सरकारदेखि स्थानीय तहले पनि केही बोलेका छैनन् । शिक्षा मन्त्री महावीर पुनले विभिन्न विषयमा बिहानै सामाजिक सञ्जालमा मत राख्दै आए पनि उपत्यकाभित्रका विद्यालयहरु ठप्प हुँदासमेत कुनै प्रतिक्रिया जनाएका छैनन् । 

मन्त्री पुनले आइतबार मात्रै नेपाल भरिका धेरै विद्यालयहरुमा भएका मनपरी, बेथिति, भ्रष्टाचार र राजनीतिकरण हटाउन स्थानीय अभिभावकहरु एकजुट भएर जोडदार आन्दोलन नगरेसम्म र कडा चेतावनी नदिएसम्म सुधार हुन गाह्रो छ’ भनी लेखेका थिए । उनले सामाजिक सञ्जालमै ‘त्यसो गर्ने पूर्ण अधिकार संविधानले अभिभावकहरुलाई दिएको छ । शिक्षा मन्त्रालयले मात्र काठमाडौँबाट निर्देशन दिएर नपुग्ने भयो’ भनी लेखेका छन् । 

उनको यो स्टाटसले भने हड्ताल गर्ने जनवर्गीय विद्यार्थी युनियनलाई सघाउ पुर्याएको देखिन्छ । उक्त युनियनले विदेशमा रहेका नेपाली विद्यार्थी, श्रमिक एवं नेपाली नागरिकलाई यही चुनावबाट मताधिकार सुनिश्चित गर्नुपर्ने, निजी विद्यालयको शुल्क घटाउनुपर्ने लगायतका माग राखेको छ । युनियनकी अध्यक्ष सुनिता बुढाथोकीले जारी गरेको विज्ञप्तिमा आजको हड्ताल सफल पार्न आह्वान गरिएको छ ।



mediabaaji add

सम्बन्धित खबर

पाल्पामा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौँ । पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । शनिबार बेलुकी भएको दुर्घटनामा घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार झडेवाबाट रहबास चुनढुंगा खानीतर...

आज बिस्का जात्राको दोस्रो दिन : भैरव र भद्रकालीको रथमा विशेष पूजाआजा गरिँदै

काठमाडौँ । बिस्का जात्राको दोस्रो दिन आज भक्तपुरमा धुमधामका साथ मनाइँदै छ । आज दोस्रो दिन भैरव र भद्रकालीको रथमा विशेष पूजाआजा गरिँदै छ । लिच्छविकालदेखि सुरु भएको यो जात्रामा आज स्थानीय बासिन्दाहरूले तौमढीस्थित भैरवनाथ र भद्रकालीको रथमा पूजाआजा गर...

यी तीन प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव, आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  अन्य भूभागमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदे...

मिथिलामा छठ पर्वको तयारी सुरु

सर्लाही । तिहारको समापनसँगै मिथिलाञ्चलमा अब छठ पर्वको रौनक छाएको छ। देशकै प्रमुख धार्मिक पर्वहरूमध्ये एक मानिने छठको स्वागतका लागि यहाँका गाउँ सहर उत्सवमय बनेका छन्। सूर्य भगवान र छठी माताको आराधनाको पर्वका रूपमा मनाइन...

मुक्तकमैयालाई जग्गा दिन अदालतको आदेश

काठमाण्डौँ । उच्च अदालत तुलसीपुरले मुक्तकमैया तथा भूमिहीन सुकुमवासीले प्राप्त गरेको जग्गाको अंशबण्डा, नामसारी, दर्ता तथा बसोबास व्यवस्थापनका सम्बन्धमा आदेश जारी गरेको छ ।  न्यायाधीशद्वय मदन पोखरेल र शकुन्तला घिमिरेको संयुक्त इजलासले भूमि प्रश...

भाइटीकाको उत्तम साइत ११:३९ बजे, टीका लगाउँदा को-कता फर्किने ?

काठमाडौँ । यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर...