मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह
काठमाडौँ । काठमाडौं उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढेको छ। पछिल्ला केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु र हावा नचल्नुका कारण मौसम धुम्मिदा प्रदूषण बढेको भन्दै वायु प्रदूषणको समयमा अनावश्यक बाहिर ननिस्कन र माक्सको प्रयोग गर्न आग्रह गरे ।
‘केही समययता उपत्यकालगायत मुलुकको अधिकांश स्थानमा मौसम सफा हुन सकेको छैन, घाम लागेको छैन र वर्षा पनि हुन सकेको छैन । हावा पनि चलेको छैन’, उनले भने, ‘मौसम सफा भएसँगै प्रदूषण कम हुने छ, वायु प्रदूषण बढ्दा आवश्यक सतर्कता अपनाउन जरुरी छ ।’
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले आजदेखि नै मौसममा सुधार आउने र तुवालो हटेर जाने बताए। मौसम सफा भएपछि मात्रै वायु प्रदूषण पनि कम हुने वातावरण विभागले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
ओपिडी सेवा नखुम्च्याउन सरकारलाई महामन्त्री प्रदिप पौडेलको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले केही समययता सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपिडी सेवा नपाउँदा बिरामीको बिजोग भएको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् । महामन्त्री पौडेलले सरकारीमा रोकिएको ओपिडी सेवाले सर्वसुलभ र सह...
काठमाडौँको प्रदूषण अझै उच्च, एक्यूआई दुई सय नाघ्यो, घर बाहिर ननिस्कन आग्रह
काठमाडौँ । काठमाडौँ उपत्यकाको वायू प्रदूषण अझै उच्च बनेको छ । विगत केही दिनका तुलनामा प्रदूषण झनै बढेको हो । फागुन २२ गतेदेखि उपत्यकामा घाम लागिरहेको थिएन । हावा पनि लागेको छैन । चुनावका कारण केही दिन सवारी पातलो भए पनि अहिले फेरि त्यही सवारीको प्...
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, सेती अस्पतालको आईसीयूमा सारियो
धनगढी । धनगढीस्थित श्रीकृष्ण मन्दिरको धर्मशालामा बिहीबारदेखि सत्याग्रह थालेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा सारिएको छ ।
उनका स्वास्थ्य सहयोगी डा अमृत जैसीका अनुसार डा केसीको रगतमा सुग...
डेङ्गी सङ्क्रमणको ग्राफ घट्यो, जोखिम घटेन
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा डेङ्गी सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेङ्गीबाट सङ्क्रमित हुनेको सङ्ख्या सात हजार ६८३ रहेको...
काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर, पानी नपरेसम्म प्रदूषण अझै बढ्ने सम्भावना
काठमाडौँ । राजधानी काठमाडौंको हावाको गुणस्तर बिहीबार बिहान अत्यन्तै खराब अवस्थामा पुगेको छ । विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा काठमाडौँ चौथो स्थानमा उक्लिएको छ । आईक्यू एयरको तथ्यांक अनुसार काठमाडौं बिहान १० बजेसम्म नेपालको वायुको गुणस्तर...
आज विश्व प्राथमिक उपचार दिवस
काठमाण्डौँ । विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदैछ । विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइँसराइ बढ्दै गइरहेका छ । नेपालमा पनि विपद्, बाढीपहिरो तथा अन्य आकस्मिक घटना तथा अवसरहरूको खोजी...



