शनिबार, २० भदौ २०८३
नेपाली

महाशिवरात्रीको दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुल्ला गरिने

Main News Image

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले विभिन्न उपसमितिमार्फत महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।

उनले भने, ‘पशुपतिमा विश्वका हिन्दुहरुको महान पर्व महाशिवरात्रीको पावन अवसरमा पुशपतिमा पाल्नुहुने स्वदेशी तथा विदेशी भक्तजनेदेखि साधु,सन्त,महन्त, तिर्थयात्रि तथा पर्यटकहरुको सेवा सुविधाकालागि आवश्यक पर्ने सुरक्षा,स्वयंमसेवा चन्दन प्रसादको व्यवस्था,दर्शन मार्गको व्यवस्था ,भजन कृतन ,सुरक्षा तथा विभिन्न व्यस्थापन गर्दै तयारी अन्तिम चरणमा पुर्याएको छ ।’

त्यस्तै उनले महाशिवरात्रीका दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको चारवटै ढोका खुल्ला गरिने जानकारी दिए। मन्दिर प्रवेशका लागि विभिन्न चार स्थानबाट लाइनको व्यवस्था गरिएको निर्देशक जोशीले जानकारी दिए ।


mediabaaji add

सम्बन्धित खबर

काठमाडौँमा बस दुर्घटना : अर्का मृतकको पनि पहिचान खुल्यो

काठमाण्डौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने चार जनाकै पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउने एक मृतक पाँचथर स्थायी घर भई गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बू रहेको प्रहरीले जनाएको छ । ...

यस वर्ष भाइटीकाको उत्तम साइत कति बजे ?

काठमाडौं । देशैभरी तिहारको रमझम आँगनमै आइपुगेको छ भने घरहरूमा झिलिमिलि बत्ति र तिहारका भाकाहरू गुन्जिन थालिसकेका छन्। यमपञ्चक अर्थात् तिहार पर्वको पहिलो दिन काग तिहार मनाइएको छ भने आज दोस्रो दिन लक्ष्मी पूजा र कुकुर ति...

काठमाडौंका मेयर बालेनलाई पितृशोक

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनका बुवा रामनारायण शाहको निधन भएको छ । अस्वस्थ भएसँगै आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भइ भेन्टिलेटरमा उपचाररत शाहको सोमबार मध्यान्ह निधन भएक...

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने, खाना र वस्तुको विशेष प्रदर्शनी

काठमाडौँ । नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘ठमेल सडक महोत्सव’ हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा नेपाली नयाँवर्षलाई अन्तरराष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्यले आज दिउँसो काठमाडौँ महान...

शीतलहरबाट बालबालिका जोगाउन स्थानीय तहका विद्यालयमा जाडो बिदा

महोत्तरी । पुसको पहिलो सातादेखि नै सुरु भएको शीतलहरले महोत्तरीको जनजीवन प्रभावित पारेपछि जिल्लाका सबै स्थानीय तहले विद्यालयमा बिदा दिने निर्णय गरेका छन्। पछिल्लो पटक बर्दिबास, जलेश्वर, मटिहानी, लोहारपट्टी र मनराशिशवा नगरपालिकाले आइतबार साँझ सूचना...

महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न, सम्हाले प्रहरी कमान्ड

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । गृहसचिव रामेश्वर दंगालले मन्त्रालयमा आयोजित कार्यक्रममा कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन् । कात...