महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न, सम्हाले प्रहरी कमान्ड
काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । गृहसचिव रामेश्वर दंगालले मन्त्रालयमा आयोजित कार्यक्रममा कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन् । कात्तिक २५ गतेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
३० वर्षे सेवा अवधिका कारण निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा गएपछि नेपाल प्रहरीको कमान्ड कार्कीको हातमा आएको हो । कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ । कार्कीले इमान्दार प्रहरी अधिकृतको परिचय बनाएका छन् । २४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए ।
२०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका कार्की ३० वर्षे सेवा अवधि कायम रहे २०८४ चैतसम्म प्रहरी महानिरीक्षक हुनेछन् । उनी २०६६ मंसिरमा डीएसपीमा बढुवा भएका थिए । २०७४ साउनमा एसपीमा बढुवा भएका उनी २०७९ साउनमा एसएसपी बनेका थिए । २०८१ कात्तिक डीआईजीमा बढुवा भएका उनी २०८२ वैशाखमा एआईजीमा बढुवा भएका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
पाल्पामा रोकेर यात्रु ओराल्ने क्रममा जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु
पाल्पा । नवलपरासीको अरुणखोलाबाट पाल्पाको रामपुर आउँदै गरेको जिप मित्याल अरुणखोला सडक अन्तर्गत निस्दी ४ मित्याल चिउरेबासको पहिलो घुम्ती नजिक एकल फुक्सीमा रोकेर मान्छे झार्ने क्रममा भिरबाट तल खसेको छ । स्थानीयका अनुसार झ...
अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाइयो
काठमाडौँ । छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व अन्तर्गत सोमबार साँझ अस्ताउँदो सूर्यलाई...
इन्धनखपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन सुझाव
काठमाडौँ । इन्धनखपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन वातावरणविद्हरूले सुझाव दिएका छन् । कैलाशकुट सामाजिक अभियानले हाँडीगाउँमा आयोजना गरेको ‘स्वस्थ वातावरण आजको आवश्यकता’ विषयक कार्यक्रममा वक्ताहरूले भान्छालगायत दैनिक कामका लागि विद्युतीय उपकरण...
११ महिनामा ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु
काठमाण्डौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४ सय ६४ जनाको ज्यान गएको छ । विपद्का कारण ३८ जना बेपत्ता हुँदा एक हजार...
स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगरको आफैँले चलाएको सवारी दुर्घटनामा निधन
प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा परी निधन भएको छ। शनिबार ९असार १३० आफूले चलाएको गाडी दुर्घटना हुँदा ५० वर्षीय रानामगरको घटनास्थलमै मृत्यु भएको हो ।
स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको...
रामेछापको बस दुर्घटना : मृतकको पोष्टमार्टम हुन सकेन
रामेछाप । रामेछापको मन्थली नगरपालिका ६ स्थिति तामाकोसी नदीमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाको बुधबार बिहानसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । बसको सञ्चालक पूर्व अरनिको यातायात प्रालि आधिकारी प्रतिनिधि सम्पर्क र छलफलमा नआउँदा पीडित परिवा...



