एनपीएल : आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।
लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुर बोल्ट्स यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ। चार खेलबाट दुई खेल जितेको चितवन राइनोज भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ । दुवै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ । चार खेलमा एक खेलमात्र जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल
काठमाडौँ । आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आईसीसी टी-२० विश्वकप क्रिकेट २०२६ को पहिलो खेलमा आइतबार नेपालले...
रोहित बने विश्वकै सबैभन्दा बढी छक्का हान्ने खेलाडी
काठमाडौँ । भारतीय क्रिकेटर रोहित शर्मा एक दिवसीय क्रिकेटमा सबैभन्दा बढी छक्का हान्ने खेलाडी बनेका छन् । दक्षिण अफ्रिकाविरुद्ध राँचीमा भइरहेको एक दिवसीय क्रिकेटमा तीन ओटा छक्का प्रहार गरेसँगै रोहित विश्वकै सर्वाधिक छकका...
एनपीएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स...
टी–२० विश्वकप खेल सार्ने बङ्गलादेशको माग आईसीसीद्वारा अस्वीकार
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले टी–२० विश्वकपका खेल भारतबाट सार्न गरिएको बङ्गलादेश क्रिकेट बोर्ड बीसीबीको अनुरोध अस्वीकार गरेको छ। सुरक्षा कारण देखाउँदै श्रीलंकामा खेल सार्न माग गरिएको भए पनि आईसीसीले तोकिएका स्थलमा कुनै परिवर्त...
साम्बाको दुई गोलमा भारतमाथि नेपालको जित
काठमाडौँ । ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ । शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २-१ ले पराजित गरेको हो। प्रतियोगिता...
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
काठमाडौँ । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल २०२६ को उपाधि जितेको छ । आइतबार राति भएको फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुले उपाधि रक्षा गरेको हो ।



