मङ्गलबार, २३ भदौ २०८३
नेपाली

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

Main News Image

काठमाडौँ । नेपालले राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ । बहुपक्षीयताको सुनिश्चितताका निम्ति त्यसो गर्नु अपरिहार्य भएको नेपालको अभिमत छ । राष्ट्रसङ्घीय मुख्यालयमा आज आयोजित ‘बहुपक्षीयताको भविष्यः सन् २०३० पछिका लागि राष्ट्रसङ्घीय विकास प्रणाली निर्माण’ छलफलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सन् २०३० पछिका चुनौती र अवसरलाई सम्बोधन गर्न राष्ट्रसङ्घीय विकास प्रणालीलाई सक्षम बनाउनुपर्नेमा जोड दिएका हुन् ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले विकास प्रणालीलाई केवल बाँकी रहेका दिगो विकास लक्ष्य ९एसडिजी० कार्यान्वयनका लागि मात्र नभई भविष्यका चुनौती र अवसरलाई समेत समेट्ने गरी सुदृढ गर्नुपर्ने बताए ।

mediabaaji add

सम्बन्धित खबर

एक हजार दरका ४३ करोड थान नयाँ नोट चीनमा छापिने

काठमाडौँ । केन्द्रीय बैंकले एक हजार दरको नयाँ नोट छाप्ने ठेक्का पनि चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंककाअनुसार चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई उक्त नयाँ नोट छाप्ने ठेक्का दिइएको हो । यो कम्पनील...

साताको पहिलो दिन ५४ अंकले बढ्यो शेयर बजार, कुन कम्पनीको कति भयो कारोबार ?

काठमाडौँ । साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से ५४.५१ अंकले बढेर २९३१.५५ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका ६ करोड १४ लाख ७ हजार ७४ कित्ता शेयर खरिद बिक्रीबाट २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १ सय ८२ रुपैयाँ ८४ पैसाको कारोबार भए...

बिहीबार सेयर बजार हरियो, अधिकांश कम्पनीको मूल्य बढ्दा ४ अर्ब ६९ करोडको कारोबार

काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १४.१७ अंकले बढेर २,७२६.७२ बिन्दुमा पुगेको छ । यस दिन ४ अर्ब ६९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। कारोबारमा १५३ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको घटेको छ भने १२ कम्...

बागमतीमा सार्वजनिक गाडी भाडा बढ्यो : न्यूनतम भाडा २४ रुपैयाँ

काठमाण्डौँ । बागमती प्रदेश सरकारले पेट्रोल र डिजेलबाट सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेको छ । शुक्रबार श्रम, रोजगार तथा यातायातमन्त्रीस्तरीय निर्णयमार्फत नयाँ दर निर्धारण गरिएको हो । नयाँ भाडादर शनिबार चैत २८ देखि लागू भइसकेको...

बाढी प्रभावितलाई ग्यास उद्योग संघले एक हजार २५० सिलिन्डर निःशुल्क दिने

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहतस्वरूप १ हजार २ सय ५० भरिएका ग्यास सिलिन्डर उपलब्ध गराउने भएको छ । संघले बाढीबाट अत्यन्त प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्...

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो । यससँगै बिहीबार छापावाल सुन तोलामा २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोल...