सोमबार, २९ भदौ २०८३
नेपाली

साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

Main News Image

काठमाडौँ । पोखरामा आयोजना हुने साफ यू–१९ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टोली घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले माघ १७ देखि सुरु हुने प्रतियोगिताका लागि २३ सदस्यीय टोली सार्वजनिक गरेको हो ।

घोषित टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुमन श्रेष्ठले सम्हाल्नेछन् ।  घरेलु मैदानमा हुने प्रतियोगितामा नेपाली टोलीले उपाधि जित्ने लक्ष्यसहित तयारी गरिरहेको छ । टोलीमा अलिजा विक, अनिता रानामगर, आशिका कार्की, वर्षा कुवँर, वर्षा ओली, भूमिका बुढाथोकी, ज्ञान्सु डोल्मो लो, झर्ना डुम्राकोटी, जुना तामाङ, कृतिशा तामाङ, माया मास्के र मीनमाया श्रेष्ठ रहेका छन् ।

यस्तै, निर्मला आचार्य, प्रजिता राई, पूर्णिमा ताडी, सारा लिम्बू, सबनम राई, सलोनीकुमारी चौधरी, संगीतकुमारी मल्ल, सेनु पारियार, सृजना बडुवाल, सुशिला केसी र यमकुमारी विक पनि टोलीमा समेटिएका छन् ।


mediabaaji add

सम्बन्धित खबर

एसिसी प्रिमियर कप फाइनल : उपाधिका लागि आज नेपाल र युएई आमनेसामने

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज साविक विजेता नेपाल र युनाइटेड अरब इमिरेट्स युएई भिड्दैछन् । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा हुने यो निर्णायक भिडन्त नेपाली समय अनुसार बिहान ७:१...

एम्बाप्पेको चम्किलो प्रदर्शनसँगै स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी मेटलाइफ रंगशालामा भएको खेलमा स्विडेनमाथि ३(० को सहज जित निकाल्दै फ्रान्स प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । फ्रान्सको यो एकपक्षीय जितसँगै अब उसले नकआउट च...

गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन

काठमाडौँ । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल २०२६ को उपाधि जितेको छ । आइतबार राति भएको फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुले उपाधि रक्षा गरेको हो ।

फिफा विश्वकप २०२६ : स्कटल्यान्डमाथि ब्राजिलको सानदार जित

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को रोमाञ्चक एवं निर्णायक भिडन्तमा बलियो टोली ब्राजिलले स्कटल्यान्डमाथि ३,० को सहज जित दर्ता गरेको छ । अमेरिकाको मायामीस्थित प्रतिष्ठित हार्ड रक स्टेडियममा भएको उक्त खेलमा ब्राजिलले सुरुदेखि नै बलियो...

विश्वकपमा दिग्गज खेलाडीलाई पछि पार्दै एमबाप्पेले बनाए यस्तो कीर्तिमान

काठमाण्डौँ । फ्रान्सका कप्तान तथा स्टार स्ट्राइकर केलियन एमबाप्पेले फिफा विश्वकपको नकआउट चरणमा इतिहासकै सर्वाधिक गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन् ।

सन् २०२६ को जारी विश्वकपमा अद्वितीय प्रदर्शन गर्दै उनले विश्व फुटबलका पुराना दिग्गजहरूलाई...

हैदराबादसँग चेन्नई १० रनले स्तब्ध, हारको चौकासँगै अंक तालिकामा धक्का

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलको जारी सिजनमा साविक विजेता चेन्नई सुपर किंग्सको सङ्घर्ष जारी रहेको छ। शनिबार राति राजीव गान्धी स्टेडियममा भएको रोमाञ्चक भिडन्तमा सनराइजर्स हैदराबादले चेन्नईलाई १० रनले पराजित गर्दै स्तब्ध बनाएको हो। यो हारसँग...