साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा
काठमाडौँ । पोखरामा आयोजना हुने साफ यू–१९ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टोली घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले माघ १७ देखि सुरु हुने प्रतियोगिताका लागि २३ सदस्यीय टोली सार्वजनिक गरेको हो ।
घोषित टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुमन श्रेष्ठले सम्हाल्नेछन् । घरेलु मैदानमा हुने प्रतियोगितामा नेपाली टोलीले उपाधि जित्ने लक्ष्यसहित तयारी गरिरहेको छ । टोलीमा अलिजा विक, अनिता रानामगर, आशिका कार्की, वर्षा कुवँर, वर्षा ओली, भूमिका बुढाथोकी, ज्ञान्सु डोल्मो लो, झर्ना डुम्राकोटी, जुना तामाङ, कृतिशा तामाङ, माया मास्के र मीनमाया श्रेष्ठ रहेका छन् ।
यस्तै, निर्मला आचार्य, प्रजिता राई, पूर्णिमा ताडी, सारा लिम्बू, सबनम राई, सलोनीकुमारी चौधरी, संगीतकुमारी मल्ल, सेनु पारियार, सृजना बडुवाल, सुशिला केसी र यमकुमारी विक पनि टोलीमा समेटिएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल २२ औं खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन् । यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । दुवै टोलीले आफ्नो छैटौं खेल खेल्द...
मेसीले फाइनलमा गोल गर्ने निश्चित छ– एम्बाप्पे
काठमाडौँ । फ्रान्सका कप्तान किलियन एम्बाप्पेले आफ्नो व्यक्तिगत कीर्तिमानभन्दा टोलीको सफलतालाई बढी महत्व दिएको बताएका छन् । सेमिफाइनलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वकप फाइनलमा लियोनल मेसीले गोल गर्नेमा आफू विश्वस्त रहेको बताए।
एम्बाप्...
रोहित बने विश्वकै सबैभन्दा बढी छक्का हान्ने खेलाडी
काठमाडौँ । भारतीय क्रिकेटर रोहित शर्मा एक दिवसीय क्रिकेटमा सबैभन्दा बढी छक्का हान्ने खेलाडी बनेका छन् । दक्षिण अफ्रिकाविरुद्ध राँचीमा भइरहेको एक दिवसीय क्रिकेटमा तीन ओटा छक्का प्रहार गरेसँगै रोहित विश्वकै सर्वाधिक छकका...
विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित
काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ को तयारीमा रहेको नेपाली क्रिकेट टिमले पहिलो वार्म–अप खेलबाट दमदार सुरुवात गरेको छ । चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स यूएई विरुद्ध नेपालले ७ विकेटको शानदार जित निकालेको हो ।
सुरुवातमै तीन विके...
एनपीएल : आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर...
महिला गोल्डकपमा उद्घाटन खेल जितेर पुलिस फाइनलमा, विजेतालाई पाँच लाख
कास्की । देशको पर्यटकीय राजधानी पोखरामा शुक्रबारदेखि महिला गोल्डकप फुटबल प्रतियोगिता शुरू भएको छ । यो प्रतियोगिता पोखरामा आयोजना भएको महिलाको पहिलो प्रतियोगिता हो ।
आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको...



