मङ्गलबार, ०५ साउन २०८३
नेपाली

नेपाल विश्वकप छनोटको होडबाट बाहिरियो

Main News Image

काठमाडौँ । नेपाल आईसीसी महिला टी २० विश्वकप छनोट क्रिकेटबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा स्कटल्याण्डसँग बिर्सनयोग्य ब्याटिङ गरेसँगै नेपाल विश्वकप छनोटबाट बाहिरिएको हो । 

त्रिवि क्रिकेट मैदानमा नेपाल ७२ रनले पराजित भयो । जितका लागि १४१ रनको चुनौती पछ्याउने क्रममा नेपालले ओभरमा १३ ओभर ५ बलमा ६८ रनमात्र बनाउन सक्यो । कप्तान ईन्दू बर्मा भने घाइते भएर बाहिरिनु पर्यो । कमजोर ब्याटिङ गरेको नेपालका लागि ओपनर बिन्दू रावल र रोमा थापाले समान १४ रन बनाए ।   

यसअघि टस हारेर स्कटल्याण्डले सबै विकेट गुमाएर १४० रन बनायो । प्रियनाज चटर्जीले २८ बलमा अविजित रहँदै ४५ रन बनाइन् ।  नेपालका लागि मनिषा उपाध्यायले १७ रन खर्चेर ४ तथा रुबिना क्षेत्रीले २३ रन खर्चेर ३ विकेट लिइन् । त्यस्तै रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान १ विकेट लिए । 

यो हारले नेपाल समूहको चौथो स्थानमा रहेर बाहिरिएको हो ।

mediabaaji add

सम्बन्धित खबर

लुम्बिनीको जितसँगै एनपिएलको प्लेअफ समीकरण पूरा

काठमाडौँ । साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध चार विकेटको जित निकाल्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपिएल दोस्रो संस्करणको प्लेअफमा पुग्ने चौथो टिम बनेको छ । लुम्बिनीको यो जितसँगै प्रतियोगिताको प्लेअफ पुग्ने चार...

आईपीएल : राजस्थान रोयल्सको सानदार जित, बेंगलुरु ६ विकेटले पराजित

काठमाण्डौँ । गुवाहाटी इण्डियन प्रिमियर लिग आईपीएल २०२६ को १६औं खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ६ विकेटले पराजित गरेको छ । गुवाहाटीको बरसापारा स्टेडियममा भएको खेलमा बेंगलुरुले दिएको २०२ रनको बलियो लक्ष्यलाई राजस्थानले १८ ओभरमै...

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

काठमाण्डौँ । पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण एसियाली खेलकुद महासङ्घ साफ यू–१९ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताको उद्घाटन खेल बङ्गलादेश र भुटानका बीच दिउँसो १२ बजे हुनेछ । 

य...

विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित

काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ को तयारीमा रहेको नेपाली क्रिकेट टिमले पहिलो वार्म–अप खेलबाट दमदार सुरुवात गरेको छ । चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स यूएई विरुद्ध नेपालले ७ विकेटको शानदार जित निकालेको हो ।

सुरुवातमै तीन विके...

जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा आज भएको खेलमा जर्मनीलाई २–१ को गोल अन्तरले पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो ।

खेलमा...

फिफाद्वारा एन्फा निलम्बित, तेस्रो पक्षको हस्तक्षेप भएको निष्कर्ष

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेको छ । फिफा काउन्सिलको ब्युरोले एन्फामाथि फिफा विधानको गम्भीर उल्लंघन भएको ठहर गर्दै निलम्बनको निर्णय गरेको हो । फिफाले जारी गरेको विज्ञप्तिअनुसार एन्फामा तेस्...