नेपाल विश्वकप छनोटको होडबाट बाहिरियो
काठमाडौँ । नेपाल आईसीसी महिला टी २० विश्वकप छनोट क्रिकेटबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा स्कटल्याण्डसँग बिर्सनयोग्य ब्याटिङ गरेसँगै नेपाल विश्वकप छनोटबाट बाहिरिएको हो ।
त्रिवि क्रिकेट मैदानमा नेपाल ७२ रनले पराजित भयो । जितका लागि १४१ रनको चुनौती पछ्याउने क्रममा नेपालले ओभरमा १३ ओभर ५ बलमा ६८ रनमात्र बनाउन सक्यो । कप्तान ईन्दू बर्मा भने घाइते भएर बाहिरिनु पर्यो । कमजोर ब्याटिङ गरेको नेपालका लागि ओपनर बिन्दू रावल र रोमा थापाले समान १४ रन बनाए ।
यसअघि टस हारेर स्कटल्याण्डले सबै विकेट गुमाएर १४० रन बनायो । प्रियनाज चटर्जीले २८ बलमा अविजित रहँदै ४५ रन बनाइन् । नेपालका लागि मनिषा उपाध्यायले १७ रन खर्चेर ४ तथा रुबिना क्षेत्रीले २३ रन खर्चेर ३ विकेट लिइन् । त्यस्तै रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान १ विकेट लिए ।
यो हारले नेपाल समूहको चौथो स्थानमा रहेर बाहिरिएको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
तेक्वान्दोका समर्पित योद्धा राम गिरी : तीन दशकको यात्रापछि संघको केन्द्रीय उपाध्यक्षमा आरोहण
काठमाण्डौँ । तेक्वान्दो खेलसँग जीवनको तीन दशकभन्दा बढी समय समर्पण गरेका युवा उद्यमी तथा समाजसेवी राम गिरी नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा मनोनीत भएका छन् । संघको सौराहामा सम्पन्न पाँचौँ अधिवेशनपछि अध्यक्ष...
विश्वकपअघि क्यानडासँग भिड्दै नेपाल, मुम्बईका सबै खेलका टिकट सोल्ड आउट
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको तयारीलाई अन्तिम रूप दिने क्रममा नेपाली क्रिकेट टोलीले आज क्यानडासँग आफ्नो अन्तिम अभ्यास खेल खेल्दैछ। अघिल्लो खेलमा यूएईलाई सात विकेटले पराजित गरेर उच्च मनोबलमा रहेको नेपाली टोली क्यान...
सञ्जुको विष्फोटक शतकमा चेन्नईको पहिलो जित,दिल्ली २३ रनले पराजित
काठमाडौँ । इण्डियन प्रिमियर लिग आईपीएलको जारी सिजनमा लगातार तीन हार बेहोरेको चेन्नई सुपर किंग्सले शनिबार राति दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। चेपौक स्टेडियममा भएको खेलमा चेन्नईले प्रस्तुत गरेको २१३ रनको विशाल लक्...
मेसीले फाइनलमा गोल गर्ने निश्चित छ– एम्बाप्पे
काठमाडौँ । फ्रान्सका कप्तान किलियन एम्बाप्पेले आफ्नो व्यक्तिगत कीर्तिमानभन्दा टोलीको सफलतालाई बढी महत्व दिएको बताएका छन् । सेमिफाइनलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वकप फाइनलमा लियोनल मेसीले गोल गर्नेमा आफू विश्वस्त रहेको बताए।
एम्बाप्...
एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग ९एनपील० को फाइनल खेलका अवसरमा शुभकामना सन्देश व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले एनपीलको फाइनललाई नेपाली खेलकुदका ल...
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
काठमाडौँ । आइसिसी महिला टी २० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्याण्डसँग आठ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १६ दशमलव पाँच ओभरमा दुई व...



