शनिबार, ०२ साउन २०८३
नेपाली

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

Main News Image

काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कोशी प्रदेशका अभिकर्ताहरुलाई बिर्तामोड स्थित होटल द किंग्सबरीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य हुनु भएका ३०० जना अभिकर्ताहरु, विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं कोशी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो । 

पानसमा द्विप प्रज्वलन गरी शुभारम्भ गरिएको उक्त सम्मान कार्यक्रममा सहभागि अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूले सिइओे क्बलको सदस्यता वितरण तथा सम्मान गर्नुभएको थियो साथै सो प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम, द्वित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो । 

यसै गरी सो अवसरमा कम्पनीले बार्षिक योजना अन्तर्गत जारी गरेको नेशनल अवार्ड योजना अन्तर्गत नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गर्नुभएको थियो ।


समारोहमा प्रमुख कार्यकारी अधिकृतज्यूले सिईओ क्लब र नेशनल अवार्ड अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान गर्ने क्रममा कोशी प्रदेशबाट छनौट हुनुभएका अभिकर्ताहरुलाई सम्मान गरिएको बताउनु भयो साथै वहाँले कम्पनीले ल्याएको सिइओ क्लब कार्यक्रममा नेपाल भरबाट १६०० जना जना भन्दा बढि अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताउनु हुँदै कम्पनीले सबै तहका अभिकर्ताहरु माझ लोकप्रिय हुने यस्ताखाले योजनाहरु  ल्याउन हरसंभव प्रयासरत रहेको पनि बताउनु भयो ।  

mediabaaji add

सम्बन्धित खबर

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाण्डौँ । यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दुर्घटना राहत कोषलाई बलियो बनाउन पेट्रोलियम पदार्थमा प्रतिलिटर एक रुपैयाँ र विद्युत् चार्जिङ शुल्कमा प्रतियुनिट रु एक रुपैयाँ अतिरिक्त शुल्क उठाउन सुझाव दिएको छ...

नेप्सेमा २७.५९ अंकको गिरावट, ६ अर्ब ६९ करोडमा झर्‍यो कारोबार

काठमाडौँ । साताको पहिलो  कारोबार दिन नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२४ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड ९७ लाखको सेयर कारोबार भएको छ । आज ३४ कम्पनीको से...

कर वक्यौता चुलिँदै : ९४ अर्ब ९५ करोड पुग्यो उठ्न बाँकी रकम

काठमाडौँ । पछिल्ला वर्षहरूमा नेपालमा उठ्न बाँकी कर वक्यौता चुलिन थालेको छ । आन्तरिक राजस्व विभागका अनुसार, आर्थिक वर्ष २०८१र०८२ को अन्त्यसम्ममा ब्याज, थप दस्तुर र विलम्ब शुल्कसहित उठ्न बाँकी त्यस्तो रकम ९४ अर्ब ९५ करोड...

नेपाल र चीनका गभर्नरबीच भेटवार्ता

काठमाडौँ । चीन भ्रमणमा रहनुभएका नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा विश्वनाथ पौडेल र पिपुल्स बैङ्क अफ चाइना पिबिओसीका गभर्नर फान कोङसङबीच आज भेटवार्ता भएको छ ।

चीनको थियानचिनमा ‘बैङ्क फर इन्टरनेसनल सेटलमेन्ट्स’ द्वारा आयोजित बिसौँ एसिया प्या...

आज सामान्य अंकले घट्यो नेप्से, ४ अर्ब ४८ करोडको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ०.५३ अंकले घटेर २६४४.७० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२४ कम्पनीको १ करोड ८ लाख १० हजार १०६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड माथिको सेयर कारोबार भएको छ...

आज सामान्य अंकले घट्यो नेप्से, ७ अर्ब ४९ करोडमा झर्‍यो कारोबार

काठमाडौँ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक १.६४ अंकले घटेर २६८१.५० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२६ कम्पनीको १ करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४९ करोड ९७ लाखको सेयर कारोबार भएको छ । आज ११३ कम्पनीको सेयर मूल्...