नेशनल लाइफको ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स’ भव्य रूपमा सम्पन्न, उत्कृष्ट शाखा र प्रमुख सम्मानित
काठमाडौँ । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने ब्रान्च म्यानेजर्सलाई सम्मान गर्दै चालु आर्थिक वर्षका व्यावसायिक रणनीति, व्यवसाय विस्तार तथा कर्मचारीको क्षमता अभिवृद्धिसम्बन्धी छलफल र प्रशिक्षणसहितको ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स’ भव्य रूपमा सम्पन्न गरेको छ ।
गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा आयोजित चारदिने सम्मेलनमा कम्पनीका विभागीय प्रमुखसहित देशभरका प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारी गरी २०० जनाभन्दा बढीको सहभागिता रहेको थियो । आर्थिक वर्ष २०८२/८३ मा शाखा सञ्चालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालयलाई सम्मान गरिएको सम्मेलनमा अधिकतम प्रथम बीमाशुल्क संकलनलगायत विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा तथा ब्रान्च म्यानेजर्सलाई समेत सम्मान तथा प्रोत्साहन गरिएको थियो ।
कार्यक्रममा कम्पनी सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले कर्मचारीहरूले गरेको मेहनत र कार्यसम्पादनको प्रशंसा गर्दै उनीहरूलाई हौसला प्रदान गरिन् । उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गर्दै उनले भनिन्, ‘हामी तपाईँहरूको मेहनतको सम्मान गर्दछौं । निरन्तर सफलताको लागि पनि कामना गर्दैछौं ।’ उनले कर्मचारीहरूको योगदानले कम्पनीको प्रगति र आगामी यात्रालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रिले विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्न सफल ब्रान्च म्यानेजर्स तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरे । ‘नेशनल लाइफको वित्तीय अवस्था पनि एकदम बलियो बन्दै गएको छ र आउँदो दिनमा अझ सशक्त भएर अगाडि बढ्नुपर्छ’ सीईओ खत्रिले भने, ‘हामी नयाँ आर्थिक वर्षको सुरुवातसँग नयाँ यात्रा, नयाँ संकल्प, नयाँ अवसरमा एकजुट भएर उभिएका छौं । यो हाम्रो क्यालेन्डर परिवर्तन भएको दिन मात्रै होइन, यो हाम्रो सोच, हाम्रो प्रतिबद्धता, हाम्रो भविष्यलाई अझ उचाइमा पुर्याउने प्रण गर्ने सुअवसर पनि हो ।’
एक्सप्रेस
सम्बन्धित खबर
के तपाई विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? जान्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...
साना किसानको दैनिक ६० हजार दुध डिडिसीलाई दिने सम्झौता कार्यन्वयन सुरु
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र दुग्ध विकास संस्थानबीच दैनिक ६० हजारभन्दा बढी दूध खरिदबिक्री गर्ने बारे भएको त्रिपक्षीय सम्झौता कार्यन्वयनमा आएको छ । गत साउन २७ गते भदौ १ गतेदेखी केन्द्रीय...
नेपालमा डिम्याट खाता ७७ लाख नाघ्यो, २६ प्रतिशत सेयर बजारसँग जोडिए
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३ अनुसार नेपालमा डिम्याट ९हितग्राही० खाताको सङ्ख्या ७७ लाख ६६ हजार पाँच सय ६५ पुगेको छ । आर्थिक वर्ष २०७७र७८ सम्म नेपालमा करिब १७ लाख हाराहारीमा डिम्याट...
नेपाल टेलिकम बिलिङ भ्रष्टाचार मुद्दा : प्रबन्ध निर्देशक पौडेलसहित सबैले पाए सफाइ
काठमाडौँ । नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियामा अनियमितता भएको भनी दायर गरिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सबै प्रतिवादीहरूलाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशहरूको इजलासले सुनुवाइ गर्दै नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्द...
नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार भने ४ अर्ब २३ करोडमा सीमित
काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ६.०३ अंकले बढेर २६५४.९३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३५ कम्पनीको १ करोड ५३ हजार १४५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १७ करोड ४६ लाखको सेयर कारोबार भएको छ । आज १३७ कम्पनीको सेयर मूल्य बढ्...
म्यान्मारका दुई धार्मिक स्थलको पुनर्निर्माणका लागि नेपालले दियो साढे तीन लाख अमेरिकी डलर
काठमाडौँ । नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको छ ।
म्यान्मारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले...


