बिहिबार, ३२ असार २०८३
नेपाली

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले एक खर्ब रुपैयाँ बजारबाट खिच्दै

Main News Image

काठमाडौँ । बैंकिङ प्रणालीमा लगातार बढिरहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बुधबार एक खर्ब रुपैयाँ बराबरको ९१ दिने निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । पछिल्ला केही महिनादेखि प्रणालीमा पर्याप्तभन्दा बढी नगद मौज्दात रहँदा बजारमा ब्याजदर घट्ने दबाब बढेको छ। त्यसलाई सन्तुलनमा राख्न केन्द्रीय बैंकले पुनः तरलता सोस्ने नीति अघि बढाएको हो ।

राष्ट्र बैंकका अनुसार मंगलबारसम्म वित्तीय प्रणालीमा करिब ८२ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ । यसअघि सोमबार र मंगलबार गरी ३० अर्ब रुपैयाँ राष्ट्र बैंक ऋणपत्रमार्फत बजारबाट खिचिए पनि तरलता उच्च नै रहेपछि थप निक्षेप संकलन उपकरण प्रयोग गरिएको हो ।  पुराना निक्षेप संकलन र स्थायी निक्षेप सुविधाका रकम परिपक्व भएर बैंकिङ प्रणालीमा फर्किएपछि तरलताको दबाब अझ बढेकाले यसपटक प्रणालीमा देखिएको अधिक तरलताभन्दा ठूलो रकमको आह्वान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको हो । महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा...

सुनचाँदीको भाउ ह्वात्तै बढ्यो, सुन प्रतितोला २ लाख ६८ हजार नाघ्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ तीव्र रूपमा बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार सुन प्रतितोला ३ हजार १ सय रुपैयाँ बढेर २ लाख ६८ हजार १ सय रुपैयाँ पुगेको छ । यसअघि सोमबार सुन प्रतितोला २ लाख ६५ हजारमा कारोबार भएक...

बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको संख्या बढ्दै

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि उम्मेदवारले धमाधम खाता खोलेका छन् । राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ । सो...

वित्तीय सेवामा नेपालीको पहुँच बढ्दै : सूचकाङ्कमा उल्लेखनीय सुधार

काठमाडौँ । नेपालमा वित्तीय सेवाको पहुँच, प्रयोग र गुणस्तरमा उत्साहजनक सुधार देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको वित्तीय समावेशीकरण सूचकाङ्कअनुसार आर्थिक वर्ष २०२४र२५ मा समग्र सूचकाङ्क शून्य दशमलव ४७ बाट बढेर शून्य दशमलव ५३ पुग...