सोमबार, ०७ वैशाख २०८३
नेपाली

'मातृभाषा राष्ट्रिय कविता महोत्सव २०८२' सम्पन्न

Main News Image

 प्राज्ञ चेतनाथ धमला

काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवस -२०२६को आयोजना गरेको थियोे। कार्यक्रमको सुरुमा काठमाडौँको कमलादी, घण्टाघर ,रत्नपार्क र दरबारमार्ग लगायतका स्थानको परिक्रमा विभिन्न जनजाति र मातृभाषाका समूहका बाजागाजा र भेषभूषा तथा सांस्कृतिक विशेषता झल्किने झाँकीसहित प्रभातफेरी तथा शोभायात्रा गरिएको थियोे ।

कार्यक्रममा थारु,नेवा:मगर,लिम्बू,थामी,धिमाल,शेर्पा,गुरुङ,छन्त्याल,सुनुवार,राई,तामाङ लगायतका आदिबासी जनजातिले आआफ्ना सांस्कृतिक झाँकीहरू प्रस्तुत गर्नुभएको थियोे। पानसमा बत्ती बालेर उक्त महोत्सवको समुद्घाट्न नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभएको थियोे।उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको मातृभाषा विभेदमा परेको थियोे ।मातृभाषाको संरक्षण र संवर्धनका नाममा ओैपचारिकता मात्रै नभई सरकारले विशेष योगदान गर्नुपर्ने बताउँदै भाषिक र सांस्कृतिक हिंसाको अन्त्यका लागि सबै जागरुक हुनुपर्ने विषयमा जोडदिनु भएको थियोे ।कुलपति राईले मातृभाषाका कविताले आआफ्नो भाषालाई समृद्ध बनाउने र भाषा बचाउने बताउनु भएको थियोे।

     प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले सबै जातजातिका मातृभाषाको जगेर्ना गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा विचार ,विमर्श र मातृभाषा राष्ट्रिय कविता महोत्सवको आयोजना प्रज्ञा- प्रतिष्ठानले गर्दै आएको बताउनुभएको थियोे ।यसले समग्रमा मातृभाषाको उत्थान र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियोे ।


       मातृभाषा राष्ट्रिय कविता महोत्सव-२०८२का संयोजक , प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् साहित्य मातृभाषा कोश तथा व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपाली 'अगिब'ले नेपालमा मातृभाषाको संरक्षण र सम्वर्द्धन गर्न आआफ्ना ठाउँबाट सबैले लामो त्याग र सङ्घर्ष गर्नुपरेको बताउनु भएको थियोे ।उहाँले २०७२ सालको संविधानले 

सबै मातृभाषालाई राष्ट्रभाषा र काठमाडौँ महानगरले नेपालभाषामा पठनपाठनको व्यवस्था मिलाएको चर्चा गर्दै मैथिली लगायतका दर्जन बढी मातृभाषामा समेत विद्यालयमा पढाइ भइरहेको चर्चा गर्दै यसले मातृभाषा बचाउन महत्त्वपूर्ण कार्य गरेको बताउँदै स्वागत मनतव्य

प्रस्तुत गर्नुभएको थियोे ।

  'मातृभाषा राष्ट्रिय कविता महोत्सव-२०८२'मा ४२ वटा भाषाका प्रतिनिधिमूलक कविताहरू वाचन गरिएको थियोे । 

    जसमा दिवस राई -लोहोरुङ्ग ,प्रकाश याख्खा याक्खा,चम्मर राई-बाहिङ,शान्ता नाछिरिङ- नाछिरिङ,अर्जुन राई-दुङ्माली, जिडी राई- वान्तवा,रविन खालिङ राई -खालिङ,सहस्रा राई- चाम्लिङ,हिरामाया घिसिङ-तामाङ ,विद्यानन्द यादव-मैथिली ,नेपोलियन चेपाङ-चेपाङ,युवराज गुप्ता बैरागी -अबधी ,उपेन्द्रदास उपबिण- मगही ,प्रकाश कट्टारी-भोजपुरी,पवित्रा थापा मगर-मगर ढुट ,दिलिप बुडा मगर-मगर खाम ,सन्तोषी चौधरी-थारु ,भीम कुरुम्बाङ खाम्बोङ्सा लिम्बू -लिम्बू ,विवेक भ‌ट्टराई-संस्कृत ,सविना महर्जन-नेपालभाषा ,रेनुका कुमाल-कुमाल ,देवीराम घोडासैनी देवर्षि-अछामी ,सन्जाकुमारी दनुवार-दनुवार ,तारादेवी सुनुवार-सुनुवार ,सुरेन्द्र शाही 'गुलाब कान्छो'- बाजुरेली ,डम्बर थामी'अनुपम'-थामी ,कर्णदयाल सोडारी-बैतडेली,वर्षा धिमाल-धिमाल ,बिपीन शेरचन-थकाली ,मीना पन्त-डोटेली ,सेर्कु शेर्पा-शेर्पा ,ममता उराँव-उराँव ,जयप्रकाश ताजपुरिया- ताजपुरिया ,

दीपक घिमिरे-नेपाली,रञ्जितकुमार राजवंशी- राजवंशी ,भोगेन्द्र विश्वकर्मा हरविश-अछामी,

तेजबहादुर च्हकाली तमु - गुरुङ,शिवचन्द्र प्रसाद साह-बज्जिका ,विष्णु पुख्ग्याल भनभनेली-भुजेल ,रविन रेग्मी -खस ,सुनिलकुमार मुडियारी - मुण्डाले आआफ्नो मातृभाषामा कवितावाचन गर्नुभएको थियोे। मातृभाषा राष्ट्रिय कविता महोत्सव-२०८२का सहभागी कवि तथा झाँकी प्रस्तोताहरूलाई प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्रमाणपत्र समर्पण गर्नुभएको थियोे। कार्यक्रमको उद्घोषण प्रज्ञा-प्रतिष्ठानका प्रज्ञासभा सदस्य कृष्णराज सर्वहारीले गर्नुभएको थियोे ।

mediabaaji add

सम्बन्धित खबर

राहुलको नयाँ अध्याय लोकार्पण

©निशेष आङ्देम्बे

    गजलकार राहुल शंकरकृत गजल सङ्ग्रह 'नयाँ अध्याय' लोकार्पण भएको छ । 'द मार्जिन'ले प्रकाशनमा ल्याएको उक्त कृति ...

भक्तपुरमा मुक्तक लेखन तथा वाचन कार्यक्रम सम्पन्न !


• दुर्बिन शर्मा 'विवेक'

भक्तपुर ।मुक्तकसागर र प्रोक्सिमा इन्टरनेसनल एकेडेमीको संयुक्त आयोजनामा विद्यार्थीहरूबिच मुक्तक लेखन तथा वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।

     कार्यक्रमको सञ्चालन एकेडेमीका रा...

इतिहास खोजमा नयाँ पुस्तालाई प्रेरित गर्न जोड दिँदै इतिहासशिरोमणि बाबुराम आचार्यको १३९ ओैँ जन्मजयन्ती सम्पन्न !

दुर्बिन शर्मा 'विवेक'

काठमाडौँ । इतिहासशिरोमणि बाबुराम आचार्यको १३९औँ जन्मजयन्तीको अवसरमा “बाबुराम आचार्य र नेपालको इतिहास” विषयक विचार–गोष्ठी प्रज्ञा-प्रतिष्ठानमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र इतिहासशिरोमणि बाबुराम आचार्य...

विश्व कविता दिवस मनाइँदै

काठमाडौँ । आज विश्व कविता दिवस मनाइँदैछ । साहित्यिक कार्यक्रमको आयोजना गरी विश्व कविता दिवस मनाइने छ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य पद्य–काव्य विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ ।

सन् १९९९ मा संयुक्त राष्ट्रसङ्...

प्रज्ञा-प्रतिष्ठान सामाजिकशास्त्र वार्षिक सङ्गोष्ठी शोधमूलक लेख/रचना आह्वान

प्राज्ञ चेतनाथ धमला 

   काठमाडौँ। ‘सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल सन्देशका साथ नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राज्ञिक कार्यहरू गर्दै आएको छ । नेपाली समाज बहुभाषिक–बहुसांस्कृतिक, भौगोलिक विविधता तथा बहुलत...

मातृका पोखरेलको कथा संग्रह ‘मलाई पनि निद्रा लागेन’ सार्वजनिक

काठमाण्डौँ । साहित्यकार मातृका पोखरेलको नयाँ कथा संग्रह ‘मलाई पनि निद्रा लागेन’ शुक्रबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ । वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्य...