शुक्रबार, ०१ साउन २०८३
नेपाली

कुलमानले गरे विपद् प्रभावित रोशी क्षेत्रको निरीक्षण

Main News Image

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले गत वर्ष असोजमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले क्षति पुर्‍याएको काभ्रेपलान्चोकको रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका विभिन्न वडाको स्थलगत निरीक्षण गरेका छन् ।

क्षति प्रभावित क्षेत्रका बासिन्दाहरूले सडक, पुल, खानेपानी र स्वास्थ्य चौकीहरू अझै पुनर्निर्माण नभएको गुनासो गरेपछि मन्त्री घिसिङले सडक विभागका महानिर्देशक, स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक, सिँचाइ डिभिजन प्रमुखलगायतको टोलीसहित निरीक्षण गरेका हुन् ।

निरीक्षणको क्रममा मन्त्री घिसिङले रोशी नदीले पुर्‍याएका क्षति भएका संरचनाको पुनर्निर्माण प्राथमिकतामा राखेर काम अगाडि बढाइने बताए । उनले भने, ुसरकारको प्राथमिकता चुनाव सम्पन्न गर्नु भए पनि प्रभावकारी सेवा प्रवाह र विपद् प्रभावित क्षेत्रको पुनर्स्थापना छिटो सम्पन्न गर्न बजेट विनियोजन गरी काम भइरहेको छ।

गत वर्षको १०, ११ र १२ गतेको अविरल वर्षाले रोशी गाउँपालिका(१, २ र ३ तथा नमोबुद्ध नगरपालिका–८ र ९ का सडक, फलामे साँघु पुल र अन्य पूर्वाधारमा क्षति पुर्‍याएको थियो । नदी किनार संरक्षण नगरेमा पुल नै बग्ने सम्भावना रहेको बताइएको छ ।

mediabaaji add

सम्बन्धित खबर

समानुपातिक सूची बुझाउने आज अन्तिम दिन, भोलिदेखि छानबिन शुरु

काठमाडौँ ।  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रक्रिया निकै उत्साहका साथ अघि बढिरहेको छ । यसैक्रममा निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको ११० जना उम्मेदवारको बन्दसूची बुझाउन...

निर्वाचन आचारसंहिता-निर्वाचनमा बालबालिका प्रयोग गर्न पाइँदैन

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ । निर्वाचन आयोगले तय गरेको आचारस...

एमाले सचिवालय बैठकले सच्यायो योगेश भट्टराईको वरीयता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठकले उपमहासचिव योगेश भट्टराईको वरीयताक्रम सच्याएको छ । अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई तीन जना उपमहासचिवहरूमध्ये तेस्रो नम्बरमा राख्ने गरी प्रस्ताव गरे पनि सचिवालय बैठकले त्यसलाई परिमार्जन ग...

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुंगाना समूह आजबाट प्रदर्शनमा उत्रिँदै

काठमाडौँ । जेनजी मिराज ढुंगाना समूहले आजबाट आजबाट विरोध प्रदर्शन गर्दैछ । ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारको १०० दिनको काम हेर्दा असफल भइसकेको दाबी गर्दै सोमबारदेखि नै आन्दोलन गर्ने जनाएको छ । सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुंगाना समूहले ब...

निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएकी छन् । आज काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको दोश्रो प्रतिलिपि लिएपछि उनले सरकार र सम्बन्...

दुई महिनापछि कानून व्यवसायमै फर्किन्छु : ओमप्रकाश अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधि सभाको चुनावपछि कानून व्यवसायमै फर्किने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै गृहमन्त्री अर्यालले आफ्नो जिम्मेवार...