सोमबार, १८ साउन २०८३
नेपाली

पत्रकार ज्ञानमणि नेपाल कालोटोपीको पहिलो सम्पादित कृतिको लोकार्पण

Main News Image

काठमाण्डौँ । वरिष्ठ पत्रकार ज्ञानमणि नेपाल कालोटोपीको सम्पादनमा प्रकाशित पहिलो पुस्तक डा. सत्यमोहन जोशी, डा. इन्दुल केसी र दुई थुँगा फूल’ शनिबार एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ ।

शब्दयात्रा प्रकाशनले बनेपास्थित आफ्नै सभाहलमा आयोजना गरेको कार्यक्रममा पुस्तकका लेखक वरिष्ठ साहित्यकार अरुणबहादुर खत्री ‘नदी’ र सम्पादक ज्ञानमणि नेपाल कालोटोपीले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएको हो ।

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीका अनुसार २०६८ सालमा स्थापना भएको संस्थाले साहित्य, पत्रकारिता तथा सिर्जनात्मक क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ हालसम्म २८३ वटा पुस्तक प्रकाशन गरिसकेको छ । संस्थाले हरेक वर्ष पुस्तक प्रकाशनसँगै विभिन्न विधामा योगदान पुर्‍याउने स्रष्टाहरूलाई सम्मान गर्ने परम्परालाई पनि निरन्तरता दिँदै आएको छ ।

सम्पादक ज्ञानमणि नेपाल कालोटोपी काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० निवासी हुनुहुन्छ। उहाँ दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। विभिन्न सञ्चारमाध्यममा अनुभव बटुलिसक्नुभएका उहाँ हाल नेपाल पत्रकार महासंघ काभ्रे शाखाका कार्यसमिति सदस्य, ८मध्यमार्ग साप्ताहिक८का सहसम्पादक तथा कालोटोपी डटकमका सञ्चालक एवं सम्पादकका रूपमा कार्यरत हुनुहुन्छ । उहाँका थप कृतिहरू पनि प्रकाशनको तयारीमा रहेका जनाइएको छ।

यसै अवसरमा शब्दयात्रा प्रकाशनले साहित्य, पत्रकारिता तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका आठ जना व्यक्तित्वलाई सम्मान गरेको छ। सम्मानित हुनेहरूमा केदार शाक्य, राममणि दुङ्गेल, नीरा अधिकारी, विवश पोखरेल, सन्ध्या पहाडी, अरुणबहादुर खत्री ‘नदी’, पासाङ दोर्ची शेर्पा र पूर्णबहादुर कर्माचार्य रहनुभएको छ। कार्यक्रमको सञ्चालन कालिका त्रिपाठी पन्तले गर्नुभएको थियो। अध्यक्ष हरि मञ्जुश्रीले संस्थाले आगामी दिनमा पनि साहित्यिक गतिविधि, पुस्तक प्रकाशन तथा स्रष्टा सम्मानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।


mediabaaji add

सम्बन्धित खबर

डाक्टर,इन्जिनियर र प्रहरीलाई चिनेझैँ लेखकलाई पनि चिन्नु अनिवार्य छ :-कुलपति राई

© प्राज्ञ चेतनाथ धमला

मिडियाबाजी डटकम काठमाडौँ ,मंसिर २४। सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका बुङस्थित सगरमाथा माध्यमिक विद्याल...

उपन्यासकार डा. धर्मराज सापकोटा ‘राजु’ को ‘बाहेक’ लोकार्पण

काठमाडौँ । उपन्यासकार डा. धर्मराज सापकोटा ‘राजु’ को ‘बाहेक’ उपन्यास लोकार्पण भएको छ । शिखा बुक्स बाघबजार काठमाडौंको आयोजना तथा श्यामलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । प्रमुख अतिथि श्यामल, समालोचक राजकुमार बानियाँ, सुमन वर्षा, शिखा बुक्सका पुष...

इतिहास खोजमा नयाँ पुस्तालाई प्रेरित गर्न जोड दिँदै इतिहासशिरोमणि बाबुराम आचार्यको १३९ ओैँ जन्मजयन्ती सम्पन्न !

दुर्बिन शर्मा 'विवेक'

काठमाडौँ । इतिहासशिरोमणि बाबुराम आचार्यको १३९औँ जन्मजयन्तीको अवसरमा “बाबुराम आचार्य र नेपालको इतिहास” विषयक विचार–गोष्ठी प्रज्ञा-प्रतिष्ठानमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र इतिहासशिरोमणि बाबुराम आचार्य...

भक्तपुरमा मुक्तक लेखन तथा वाचन कार्यक्रम सम्पन्न !


• दुर्बिन शर्मा 'विवेक'

भक्तपुर ।मुक्तकसागर र प्रोक्सिमा इन्टरनेसनल एकेडेमीको संयुक्त आयोजनामा विद्यार्थीहरूबिच मुक्तक लेखन तथा वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।

     कार्यक्रमको सञ्चालन एकेडेमीका रा...

जनमत सम्मानद्वारा प्रतिभा सम्मानित : जेनजी विद्रोहद्वारा पुरानो संस्कृतिको विनिर्माण तथा नयाँ युगको थालनी' -कुलपति राई

चेतनाथ धमला

 

    मिडियाबाजी डटकम काठमाडौँ,पौष १ । जनमत वाङ्मय प्रतिष्ठान नेपालले आफ्नो वार्षिकोत्सबको पहिलोचरणको सम्मान कार्यक्रम आयोजना गरेको थियोे । प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति...

सरुभक्त ‘कविता एन्ड द कप’मा गुन्जिए, सरल र जनमुखी कविताको पक्षमा जोड

काठमाडौँ । प्रसिद्ध साहित्यकार तथा बहुआयामिक सर्जक सरुभक्तको प्रमुख आतिथ्यमा ‘कविता एन्ड द कप’ कार्यक्रम सम्पन्न भएको छ । अनामनगरस्थित सिलौटो कटेजमा आयोजित कार्यक्रममा कविता वाचन, साहित्यिक अन्तरक्रिया तथा समकालीन नेपाली कवितामाथि गहन विमर्श गरिएक...